दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
शिक्षक महासंघ सँग सरकारले गरेको सहमतिको पूर्ण कार्यान्वयनको माग गर्दै शिक्षकहरुले आइतबार राजविराजस्थित शिक्षा विकास तथा समन्वय इकाई कार्यालय धर्ना दिएका छन् ।
जिल्लाको १८ वटै पालिकाबाट आएका सामुदायिक विद्यालयका शिक्षकहरुले दिउँसो १ बजे देखि ३ बजे सम्म दुई घण्टा धर्नामा बसेका हुन् ।
गत २०८१ चैत २० गतेदेखि एक महिनासम्म भएको आन्दोलनपछि सरकारसँग २०८२ बैशाख १७ गते ९ बुँदे सहमति अनुसार शिक्षा विधेयकलाई अगाडि बढाउनुपर्ने धर्नामा सहभागी शिक्षक संघका मधेश प्रदेश अध्यक्ष परशुराम यादवले जानकारी दिए ।
उनले सहमति अनुसार अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको ७५ प्रतिशत नभएको, गोल्डेन हेन्डसेक अन्तर्गत दिइने रकम किटान नभएको, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध नभएको, निबृत्तिभमरण प्रयोजनका लागि सम्पूर्ण अस्थायी अवधीको गणना नभएको, म्याद सकिएका अध्यापन अनुमति पत्रको म्याद थप्नेजस्ता बिषय नसमेटिएको कारण महासंघले विरोध गर्नु परेको बताए ।
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
सारांश
- जिल्लाको १८ वटै पालिकाबाट आएका सामुदायिक विद्यालयका शिक्षकहरुले दिउँसो १ बजे देखि ३ बजे सम्म दुई घण्टा धर्नामा बसेका हुन् ।
- गत २०८१ चैत २० गतेदेखि एक महिनासम्म भएको आन्दोलनपछि सरकारसँग २०८२ बैशाख १७ गते ९ बुँदे सहमति अनुसार शिक्षा विधेयकलाई अगाडि बढाउनुपर्ने धर्नामा सहभागी शिक्षक संघका मधेश प्रदेश अध्यक्ष परशुराम यादवले जानकारी दिए ।
- उनले सहमति अनुसार अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको ७५ प्रतिशत नभएको, गोल्डेन हेन्डसेक अन्तर्गत दिइने रकम किटान नभएको, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध नभएको, निबृत्तिभमरण प्रयोजनका लागि सम्पूर्ण अस्थायी अवधीको गणना नभएको, म्याद सकिएका अध्यापन अनुमति पत्रको म्याद थप्नेजस्ता बिषय नसमेटिएको कारण महासंघले विरोध गर्नु परेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया