मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, आषाढ ९, २०८३
|
|
१५५ पटक हेरिएको
Shares
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह

सारांश

  • जिल्ला प्रशासनले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा हातहतियार प्रदर्शन, सवारी आवागमनमा अवरोध तथा होहल्ला जस्ता गतिविधि नगर्न अपील गरेको हो ।
  • मोहरम पर्वको अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै प्रशासनले धार्मिक तथा सांस्कृतिक पर्वहरु आपसी सद्भाव, सामाजिक मर्यादा र कानुनी व्यवस्था कायम राख्दै मनाउनुपर्नेमा जोड दिएको छ ।
  • सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा मोहरम पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको हो ।
दैनिक समाचारदाता
राजविराज, ९ असार । 
मोहरम पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले इस्लाम धर्मावलम्बीहरूलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासनले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा हातहतियार प्रदर्शन, सवारी आवागमनमा अवरोध तथा होहल्ला जस्ता गतिविधि नगर्न अपील गरेको हो ।
मोहरम पर्वको अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै प्रशासनले धार्मिक तथा सांस्कृतिक पर्वहरु आपसी सद्भाव, सामाजिक मर्यादा र कानुनी व्यवस्था कायम राख्दै मनाउनुपर्नेमा जोड दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा मोहरम पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको हो ।
चाडपर्वको नाममा अवाञ्छित गतिविधि तथा हातहतियार प्रदर्शन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रशासनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राखेर पर्व मनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
आगलागीबाट ९ घर नष्ट, १६ लाखको क्षति
आगलागीबाट ९ घर नष्ट, १६ लाखको क्षति
तीन सय किलोको पितलको घण्टा स्थापना
तीन सय किलोको पितलको घण्टा स्थापना
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति