चन्दन यादव
राजविराज, १७ असार ।
नेपाली काँग्रेस सप्तरीले एक हप्ता भन्दा बढी समयदेखी राजविराजमा नागरिकता बिधेयकको खारेजी लगायत अन्य माँगसहित नयाँ–नयाँ शैलीमा दिनँहु बिरोध प्रदर्शन गर्दै आइरहेको छ ।
कहिले नाचगानका साथ, त कहिले प्रधानमन्त्रीको पुतला दहन, त कहिले सांकेतिक रुपमा मलामीसहित बिरोध प्रदर्शनमा उत्रिएको छ ।
यसैबीच बुधबार पनि काँग्रेस सप्तरीले जिल्लाभरि प्रदर्शन गरेको छ । बुधबार काँग्रेसका नेता कार्यकर्ताहरुले भ्रष्टाचारी, निरंकुश र बलात्कारी सरकार लेखेको कालो ब्यानर ओढेर प्रदर्शन गरेको छ ।
राजविराजस्थित पार्टी कार्यालयबाट निस्केको बिरोध प्रदर्शनमा नागरिकता विधेयक खारेजी, अव्यवस्थित क्वारेनटाइनलाई व्यवस्थित गर्न, किसानहरुलाई सहुलियत दरमा मलखादको व्यवस्था गर्न, पिसिआर परिक्षणको दायरा बढाउन लगायत प्रधानमन्त्रीको राजिनामा समेत समेत गरेका छन् ।
जिल्ला सभापति दिनेश यादबको अगुवाईमा निस्केको बिरोध प्रदर्शन राजबिराजको बिभिन्न ठाउमा नारावाजी गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोधसभामा परिणत भएको थियो ।
कोण सभामा काँग्रेसका यूवा नेता ईर्साद अंसारीले भारतसँग नेपालको सम्बन्ध बिगार्न र वर्तमान सरकारले मधेशी जनतालाई टुक्राउने षडयन्त्र गर्न खोजेको आरोप लगाए ।
बिरोध सभामा जिल्ला सभापति दिनेश यादब, क्षेत्रिय सभापति महानन्द यादब, बिधार्थी नेता रामचन्द्र यादब, राजिव राय, महिला नेतृ सुशिला यादब, डाक्नेश्वरी युवा नेता जीवन यादब, युवा नेता अमरेन्द्र यादब, मोहनी साफी, राजबिराज नगर सभापति शम्भुलाल देव, क्षेत्रिय सचिव अरूण मण्डल, प्रभात कुमार ललन लगायत नागरिकता बिधेयक खारेजको माग गरेका थिए ।
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा नयाँ–नयाँ शैलीमा प्रदर्शन
सारांश
- कहिले नाचगानका साथ, त कहिले प्रधानमन्त्रीको पुतला दहन, त कहिले सांकेतिक रुपमा मलामीसहित बिरोध प्रदर्शनमा उत्रिएको छ ।
- यसैबीच बुधबार पनि काँग्रेस सप्तरीले जिल्लाभरि प्रदर्शन गरेको छ ।
- बुधबार काँग्रेसका नेता कार्यकर्ताहरुले भ्रष्टाचारी, निरंकुश र बलात्कारी सरकार लेखेको कालो ब्यानर ओढेर प्रदर्शन गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया