दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले निर्वाचनमा असल मान्छे र असल पार्टी नजितेसम्म मुलुकबाट भ्रष्टाचारको अन्त्य नहुने भन्दै उनले भ्रष्टाचार मुक्त देश निर्माणका लागि राप्रपालाई एक मौका दिन आग्रह गरेका छन् ।
राजविराजमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले देश बर्वाद भएको भन्दै राप्रपाले भ्रष्टाचारलाई शुन्यमा झार्ने र भ्रष्टाचारीलाई जेलमा पु¥याउने पहिलो काम गर्ने उद्घोष समेत गरे ।
उनले भ्रष्टाचार मुक्त देश निर्माण गर्न स्थानिय तहले पनि महत्वपूर्ण भूमिका निर्वाहा गर्नु पर्नेमा जोड दिदै स्थानिय तहमा राप्रपाको उम्मेदवार हुनेले एक हातमा भ्रष्टाचार नगर्ने सपथपत्र बुझाएपछि अर्को हातमा टिकट पाउने बताए । राप्रपा जिते कक्षा १२ सम्म निशुल्क शिक्षा दिने पनि लिङ्गदेनले भनाई छ ।
पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई सय भन्दा बढीलाई लिङ्गदेनले पार्टी प्रवेश गराउँदै फुलमाला अविर लगाएर स्वागत गरे ।
राप्रपाका जिल्ला अध्यक्ष उमदेश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य महामाया प्रसाद सिंह, उमेश प्रसाद साहलगायतले पनि बोल्दै राजासहितको हिन्दु राष्ट्रमा जोड दिएका थिए ।
भ्रष्टाचार मुक्त देश निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
सारांश
- राजविराजमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले देश बर्वाद भएको भन्दै राप्रपाले भ्रष्टाचारलाई शुन्यमा झार्ने र भ्रष्टाचारीलाई जेलमा पु¥याउने पहिलो काम गर्ने उद्घोष समेत गरे ।
- उनले भ्रष्टाचार मुक्त देश निर्माण गर्न स्थानिय तहले पनि महत्वपूर्ण भूमिका निर्वाहा गर्नु पर्नेमा जोड दिदै स्थानिय तहमा राप्रपाको उम्मेदवार हुनेले एक हातमा भ्रष्टाचार नगर्ने सपथपत्र बुझाएपछि अर्को हातमा टिकट पाउने बताए ।
- राप्रपा जिते कक्षा १२ सम्म निशुल्क शिक्षा दिने पनि लिङ्गदेनले भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया