दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले निर्वाचनमा असल मान्छे र असल पार्टी नजितेसम्म मुलुकबाट भ्रष्टाचारको अन्त्य नहुने भन्दै उनले भ्रष्टाचार मुक्त देश निर्माणका लागि राप्रपालाई एक मौका दिन आग्रह गरेका छन् ।
राजविराजमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले देश बर्वाद भएको भन्दै राप्रपाले भ्रष्टाचारलाई शुन्यमा झार्ने र भ्रष्टाचारीलाई जेलमा पु¥याउने पहिलो काम गर्ने उद्घोष समेत गरे ।
उनले भ्रष्टाचार मुक्त देश निर्माण गर्न स्थानिय तहले पनि महत्वपूर्ण भूमिका निर्वाहा गर्नु पर्नेमा जोड दिदै स्थानिय तहमा राप्रपाको उम्मेदवार हुनेले एक हातमा भ्रष्टाचार नगर्ने सपथपत्र बुझाएपछि अर्को हातमा टिकट पाउने बताए । राप्रपा जिते कक्षा १२ सम्म निशुल्क शिक्षा दिने पनि लिङ्गदेनले भनाई छ ।
पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई सय भन्दा बढीलाई लिङ्गदेनले पार्टी प्रवेश गराउँदै फुलमाला अविर लगाएर स्वागत गरे ।
राप्रपाका जिल्ला अध्यक्ष उमदेश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य महामाया प्रसाद सिंह, उमेश प्रसाद साहलगायतले पनि बोल्दै राजासहितको हिन्दु राष्ट्रमा जोड दिएका थिए ।
भ्रष्टाचार मुक्त देश निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
सारांश
- राजविराजमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले देश बर्वाद भएको भन्दै राप्रपाले भ्रष्टाचारलाई शुन्यमा झार्ने र भ्रष्टाचारीलाई जेलमा पु¥याउने पहिलो काम गर्ने उद्घोष समेत गरे ।
- उनले भ्रष्टाचार मुक्त देश निर्माण गर्न स्थानिय तहले पनि महत्वपूर्ण भूमिका निर्वाहा गर्नु पर्नेमा जोड दिदै स्थानिय तहमा राप्रपाको उम्मेदवार हुनेले एक हातमा भ्रष्टाचार नगर्ने सपथपत्र बुझाएपछि अर्को हातमा टिकट पाउने बताए ।
- राप्रपा जिते कक्षा १२ सम्म निशुल्क शिक्षा दिने पनि लिङ्गदेनले भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया