दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
चोरी मुद्दामा अदालतबाट कैद भुक्तान र जरिवाना समेत तोकिसकेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज वडा नं. ६ निवासी १९ वर्षिय राजेन्द्र कुमार सिंह छन् । प्रहरीले उनलाई घरमै लुकिछिप बसेको अवस्थामा मंगलबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार स्थानिय मनोज कुमार यादवको जाहेरीले चोरी मुद्दामा फरार रहेका सिंहलाई सप्तरी जिल्ला अदालतले २०७६ माघ ९ गते एक महिना १५ दिन कैद र पाँच हजार जरिवाना फैसला गरेको थियो । तर, सो फैसला लगत्तै उनी फरार भएका थिए ।
फरार रहेको सिंहलाई पक्राउ गरी मंगलबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराज कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
सारांश
- पक्राउ पर्नेमा राजविराज वडा नं.
- ६ निवासी १९ वर्षिय राजेन्द्र कुमार सिंह छन् ।
- प्रहरीले उनलाई घरमै लुकिछिप बसेको अवस्थामा मंगलबार पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया