हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, पौष ४, २०७६
|
|
४४ पटक हेरिएको
Shares
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ

सारांश

  •     न्ययाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
  •     जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको छ ।
  •     पक्राउ परेका यादवका साथबाट एक थान चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
जनकपुरधाम, ३ पुस । 
    जनकपुर उच्च अदालतका न्यायाधीशको सुरक्षा गार्डबाट हतियार लिएर फरार व्यक्ति पक्राउ परेका छन् । 
    न्ययाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको छ ।
    पक्राउ परेका यादवका साथबाट एक थान चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
    जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरबाट यादवलाई पक्राउ गरेर वडा नम्बर १२ स्थित यमुना मण्डलको गाईगोठबाट झोलामा राखिएको हतियार र गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । 
    यसअघि प्रहरी जवान केवट र उनका प्रेमी सिवेन्द्र यादवबीच विवाद भएपछि प्रेमी यादवले उनको हतियार खोसेर सोमबार फरार भएका थिए ।
    नवलपरासी देउडा घर भएका यादव र प्रहरी जवान केवट केही दिनदेखि सँगै जनकपुरधाम उपमहानगरपालिका ४ मा डेरा लिएर बस्दै आएकोमा सोमवार दुबैजनाबीच विवाद भएपछि यादव पेस्तोल लिएर फरार भएको श्रोतले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न
मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय