हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, पौष ४, २०७६
|
|
७९ पटक हेरिएको
Shares
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ

सारांश

  •     न्ययाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
  •     जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको छ ।
  •     पक्राउ परेका यादवका साथबाट एक थान चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
जनकपुरधाम, ३ पुस । 
    जनकपुर उच्च अदालतका न्यायाधीशको सुरक्षा गार्डबाट हतियार लिएर फरार व्यक्ति पक्राउ परेका छन् । 
    न्ययाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको छ ।
    पक्राउ परेका यादवका साथबाट एक थान चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
    जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरबाट यादवलाई पक्राउ गरेर वडा नम्बर १२ स्थित यमुना मण्डलको गाईगोठबाट झोलामा राखिएको हतियार र गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । 
    यसअघि प्रहरी जवान केवट र उनका प्रेमी सिवेन्द्र यादवबीच विवाद भएपछि प्रेमी यादवले उनको हतियार खोसेर सोमबार फरार भएका थिए ।
    नवलपरासी देउडा घर भएका यादव र प्रहरी जवान केवट केही दिनदेखि सँगै जनकपुरधाम उपमहानगरपालिका ४ मा डेरा लिएर बस्दै आएकोमा सोमवार दुबैजनाबीच विवाद भएपछि यादव पेस्तोल लिएर फरार भएको श्रोतले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
प्रजातन्त्र दिवसमा प्रभातफेरी
प्रजातन्त्र दिवसमा प्रभातफेरी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी