आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी

राजविराज राजविराज
|
बुधबार, माघ १७, २०८०
|
|
७५ पटक हेरिएको
Shares
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी

सारांश

  •     बुधवार राजविराज ६ स्थित सामुदायिक महिला विकास केन्द्र (स्वडेक) को २९ औं स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
  •       महिला पछाडी पर्नूमा अवसरबाट बञ्चित तथा महिला हिंसा नै प्रमुख कारक रहेको बताउँदै उनले हरेक क्षेत्रमा राज्यले महिलालाई अवसर प्रदान गर्नु पर्ने आवश्यक्ता औल्याए ।
  • महिला हिंसाको घटना मधेश प्रदेशमा सर्वाधिक हुने गरेको भन्दै चिन्ता ब्यक्त गरेका उनले यस्को न्यूनिकरणका लागी सबै सरोकारवाला मिलेर काम गर्नूृ पर्नेमा जोड समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ ।

    गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष राम प्रसाद सुवेदीले आर्थिक क्षेत्रमा पहँुच नपुगे सम्म महिला सशक्तिकरण सम्भव नहुने बताएका छन् । 
    बुधवार राजविराज ६ स्थित सामुदायिक महिला विकास केन्द्र (स्वडेक) को २९ औं स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । 
    महिला पछाडी पर्नूमा अवसरबाट बञ्चित तथा महिला हिंसा नै प्रमुख कारक रहेको बताउँदै उनले हरेक क्षेत्रमा राज्यले महिलालाई अवसर प्रदान गर्नु पर्ने आवश्यक्ता औल्याए । महिला हिंसाको घटना मधेश प्रदेशमा सर्वाधिक हुने गरेको भन्दै चिन्ता ब्यक्त गरेका उनले यस्को न्यूनिकरणका लागी सबै सरोकारवाला मिलेर काम गर्नूृ पर्नेमा जोड समेत दिए ।
    उनले विषेश गरी विपन्न समुदायका महिलाहरुलाई यस्ता गैरसरकारी संस्थाले सकेसम्म बढी अवसर दिएर काममा लगाउनु पर्नेमा जोड दिदै यसले संस्थाको उद्देश्य पुरा हुनुका साथै समाजमा महिलाहरुलाई अगाडी आउन समेत योगदान पुग्ने बताए । 
    संस्थाको आफ्नै कार्यालय भवन निर्माणका लागी ५० लाख भन्दा बढी मुल्य बराबरको २ कठ्ठा ८ धूर जग्गा उपलब्ध गराएका संस्थापक अध्यक्ष इन्जिनीयर इन्द्र नारायण देव तथा वर्तमान अध्यक्ष उनको धर्मपत्नी मिरा देवको प्रसंसा गर्दै उनले अन्य गैरसरकारी संस्थाका लागी समेत यो सहयोग उदाहरण र अनुकरणिय हुने बताए । 
    देव दम्पतीले दिएकै जग्गामा अहिले सो संस्थाको कार्यालय भवन निर्माण भई संचालनमा समेत आइसकेको छ । कार्यक्रममा शुभकामना दिदै गैसस महासंघका बरिष्ठ उपाध्यक्ष धु्रुव देवले गाडीको उपकरण र चालक कुशल भए दुर्घट्नाको जोखिम कम हुने तर्क प्रस्तुत गर्दै संचालक, व्यवस्थापक र कर्मचारी सबै कुशल भएकै कारण सामुदायीक महिला विकास केन्द्र सफलतापूर्वक गनतब्य तर्फ बढीरहेको बताए । 
    कार्यक्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार इ.देवले २०५१ साल माघ १७ गते स्थापना भएको संस्थाले रोजगार सिर्जना, महिला सशक्तीकरण, गरिबी निवारण, पुर्वाधार विकास तथा वितिय लगायत क्षेत्रमा काम गर्दै आएको जानकारी गराउँदै भावी दिनमा थप कार्यक्रमहरु समेटेर अघि बढ्ने बताएका थिए । 
    संस्थाका अध्यक्ष मिरा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघ मधेश प्रदेशका कोषाध्यक्ष लक्षमण यादव, सगरमाथा अपांग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल, गैसस सप्तरीका प्रतिनिधी पार्थो सरकार लगायतले  पनि शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?