सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास

राजविराज राजविराज
|
आइतबार, चैत्र २६, २०७९
|
|
४१ पटक हेरिएको
Shares
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास

सारांश

  •     विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ ।
  • विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
  •       विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर तीन महिला र एक पुरुषले आत्महत्या गरेका छन् ।

“आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।” 

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 

    विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । 
    विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर तीन महिला र एक पुरुषले आत्महत्या गरेका छन् । यस्तै आत्महत्याको प्रयास गर्नेको संख्या ८ पुगेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् । 
    योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २० पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९ पुगेको छ भने गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
    यसैबीच आइतबार बिहान जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ प्रसवनि नयाँ टोल बस्ने छुतहरु मरिककी ३० वर्षिया श्रीमति कंचन मरिकले पनि विषादी सेवन गरेकी छिन् । 
    प्रहरीका अनुसार घरायसी बिषयमा श्रीमान श्रीमति बीच भएको बादविबादपछि केसाईक्रिन नामक विषादी सेवन गरी उनी बिरामी परेकी छिन् । उनको स्थानिय अहिर अस्पताल जन्डोलमा उपचार भईरहेको छ । 
    यस्तै आइतबारै बिहान जिल्लाको राजगढ गाउँपालिका ६ कनकट्टा बस्ने आभाष मियाँका छोरा १५ वर्षिय छोरा मो.अमिरले घरायसी बादविवादको कारण तरकारी बालीमा छर्ने सुपर किलर नामक बिषादी सेवन गरेका छन् । 
    उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचार तथा घटना बारे थप अनुसन्धान कार्यभइरहेको प्रहरीले जनाएको छ । 
    यसअघि जिल्लाको महादेवा गाउँपालिका ४ बलिया टोल निवासी अरबिन्द गिरीकी २२ वर्षिया श्रीमती राखि गिरीले शनिबार विषादी सेवन गरेकी छिन् । 
    नाम नखुलेको बिषादी सेवन गरेकी उनको गजेन्द्र नारायणसिंह अस्पताल राजबिराजमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु
“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
हत्याको आरोपमा बाबु छोरा पक्राउ
हत्याको आरोपमा बाबु छोरा पक्राउ
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा