दैनिक समाचारदाता
राजविराज, ५ असार ।
चेतनाको अभावमा कुपोषण दर बढेकोले जनचेतना फैलाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन ।
आईतवार राजबिराज वडा नं. ९ बिहारपुर बहुक्षेत्रिय पोषण योजना दोस्रो (एम.एस.एन.पी.) वडा स्तरिय पोषण तथा खाद सुरक्षा निर्देशक समितिको एक दिने अभिमुखिकरण कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा राजबिराज ९ का वडा अध्यक्ष जवाहर यादबले चेतनाको अभावका कारण कुपोषणको दर बढेकोले जनचेतना फैलाउनु पर्नेमा जोड दिए । कुपोषण दर घटाउन जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडाको योजना बनाउदाँ पोषण सम्बन्ध बजेट छुट्याउने उनले बताए ।
नगरमा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन बैठकको आयोजना गरिएको नगर पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका सहजकर्ता यादबले बताईन ।
बैठकमा महिलाहरूलाई शिशु स्याहारसँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहेलो फलफुल, सागसब्जी र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्ने बताईन ।
सुनौलो हजार महिलाहरूलाई बानी समेत व्यवहार र वालवालिकाहरूको कुपोषित हुन नदिन अभिमुखिकरण बैठकले टेवा पुग्ने बताईएको छ ।
राजबिराज नगरपालिका वडा ९ का अध्यक्ष जवाहर यादबको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा राजबिराज नगरपालिका पशु सेवा बिकास अधिकृत परमेश्वर यादब, राजबिराज ९ का वडा सदस्य चनदर यादब, कार्यपालिका सदस्य रेखा देबी मण्डल, महिला वडा फिरोजा खातुन, जनता आधारभुत बिद्यालय गढिया मलेठका शिक्षिका गिता यादब, महिला स्वास्थ स्वयमसेविका पुष्पा चौधरी लगायतको उपस्थिति रहेको थियो ।
चेतनाको अभावमा कुपोषण दर बढ्यो
सारांश
- आईतवार राजबिराज वडा नं.
- ९ बिहारपुर बहुक्षेत्रिय पोषण योजना दोस्रो (एम.
- एस.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया