दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको महादेवा गॉउपालिका १ चिम्टीका अग्निपीडित परिवारहरुको आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण गरिएको छ ।
राजविराजस्थित सबल नेपाल नामक गैससले युनिसेफ नेपालको सहयोग एवं छाया नेपालको सहकार्यमा आंशिक तथा पुर्णरुपमा क्षति भएको १५ वटा शौचालयहरुको मर्मत तथा पुर्ननिर्माण गरेको हो ।
सो बस्तीमा गत बैशाख १८ गते भिषण आगलागि हुँदा ६८ घरधुरी घरबारबिहीन भएका थिए । जिल्ला विपद् व्यवस्थान समिति, स्थानीय पालिका, वडा तथा गैससहरु सम्मिलित बैठकले शौचालय तथा खोनपानी पुर्ननिर्माणको कार्यमा सबल नेपालले सहयोग गर्ने सहमति भए अनुसार नै सो कार्य सम्पन्न गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले जानकारी दिए ।
उनले आगलागिमा क्षति भएका सार्वजनिक शौचालयमा धारा, मोटर एवं हात धुने वेसिन जडान गरी संचालनमा ल्याईएको बताए । आगलागिमा जलेर नष्ट भएका शौचालयहरुको छाना, ढोका, प्यान तथा अन्य सामाग्रिहरु नयाँ लगाइएको तथा जलेका ट्युवेलहरुको पाइप तथा अन्य सामानहरु नयाँ लगाइ संचालनमा ल्याइएको उनले जानकारी दिए ।
सबलले नेपालका वास डिआरआर फोकल पर्सन परमेश्वर झाले शौचालयको सेफ्टी ट्यांकको सरसफाई तथा रिंङ भएका शौचालयहरुको रिङसमेत सफाई गरिएको तथा ७ वटा हातेकलको मर्मत तथा प्लेटफर्म निर्माण गरिनुका साथै एक वटा स्नान घर र एक÷एक वटा महिला पुरुषका लागी छुट्टाछुट्टै अस्थायी शौचालय समेत निर्माण गरिएको बताए ।
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न
सारांश
- राजविराजस्थित सबल नेपाल नामक गैससले युनिसेफ नेपालको सहयोग एवं छाया नेपालको सहकार्यमा आंशिक तथा पुर्णरुपमा क्षति भएको १५ वटा शौचालयहरुको मर्मत तथा पुर्ननिर्माण गरेको हो ।
- सो बस्तीमा गत बैशाख १८ गते भिषण आगलागि हुँदा ६८ घरधुरी घरबारबिहीन भएका थिए ।
- जिल्ला विपद् व्यवस्थान समिति, स्थानीय पालिका, वडा तथा गैससहरु सम्मिलित बैठकले शौचालय तथा खोनपानी पुर्ननिर्माणको कार्यमा सबल नेपालले सहयोग गर्ने सहमति भए अनुसार नै सो कार्य सम्पन्न गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया