राजबिराज÷सप्तरीमा औषधी प्रतिनिधिहरूको हकहितका लागि नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको जिल्ला तदर्थ समिति गठन भएको छ ।
शनिवार राजबिराजमा सम्पन्न एक भेलाले प्रदिप झाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ ईकाई समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षद्वयमा संतोष कुमार देव, रन्जन कुमार यादब, सचिवमा चतुरानन्द चौधरी, सहसचिवमा तेजन साह, कोषाध्यक्षमा सुमन कुमार ठाकुर र सह कोषाध्यक्षमा मनोज कुमार सिँहलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरूमा राजिव झा, राजेन्द्र साह, श्याम कुमार साह, सन्तोष कुमार यादबलाई चयन गरिएको केन्द्रीय सचिव उमेश रेग्मीले जानकारी दिए ।
गठित समितिले जिल्लामा एमआर मेडिकल ब्यवसाय प्रतिनिधिहरूको बिस्तार गर्नुका साथै एकजुट बनाई संगठित बनाउने बैठकले निर्णय गरेको नव गठित तदर्थ समितिका अध्यक्ष प्रदिप झाले बताए । सो तदर्थ समितिले केही दिनमै जिल्ला अधिवेशन गरेर जिल्ला समिति गठन गर्ने उनले जनाए ।
सो अवसरमा नेपाल औषधी बिक्रि तथा प्रतिनिधित्व संघका केन्द्रीय सचिव उमेश रेग्मीले एमआरहरूको हकहित र एकरूपता र क्रियाकलापलाई सक्रिया रूपमा अगाडि बढाउन तदर्थ समिति गठन गरि चाडै केन्द्रवाट मान्यता प्राप्त गरेपछि जिल्ला समितिको बिस्तार गर्ने जानकारी समेत दिए ।
यसैगरी भेलामा प्रतिनिधित्व संघका केन्द्रीय सदस्य राजेश अधिकारी, बिराटनगर ईकाईका सदस्य अरबिन्द कुमार चौधरी, तेज नारायण साह, संचारकर्मी चन्दनकुमार यादबको उपस्थिति रहेको थियो ।
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन
सारांश
- गठित समितिले जिल्लामा एमआर मेडिकल ब्यवसाय प्रतिनिधिहरूको बिस्तार गर्नुका साथै एकजुट बनाई संगठित बनाउने बैठकले निर्णय गरेको नव गठित तदर्थ समितिका अध्यक्ष प्रदिप झाले बताए ।
- सो तदर्थ समितिले केही दिनमै जिल्ला अधिवेशन गरेर जिल्ला समिति गठन गर्ने उनले जनाए ।
- सो अवसरमा नेपाल औषधी बिक्रि तथा प्रतिनिधित्व संघका केन्द्रीय सचिव उमेश रेग्मीले एमआरहरूको हकहित र एकरूपता र क्रियाकलापलाई सक्रिया रूपमा अगाडि बढाउन तदर्थ समिति गठन गरि चाडै केन्द्रवाट मान्यता प्राप्त गरेपछि जिल्ला समितिको बिस्तार गर्ने जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया