दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन गरेको आरोप लगाए छन् ।
सप्तरीमा निर्माण भइरहेको विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्ने क्रममा मन्त्री सोनलले माओवादीद्वारा उठाइएको जातीय मुक्तिको कुरा पनि सत्तामा पुगेपछि विसर्जन भएको आरोप लगाए ।
नेपाली कांग्रेस र नेकपा दुबै पार्टीबाट जनताको समस्या समाधान नहुने भएकोले मुक्तिका लागि जनता समाजवादी पार्टी उपयुक्त रहेको मन्त्री सोनलको दाबी छ ।
उनले नेकपाको आन्तरिक विवादका कारण देश अनिर्णयको बन्दी बन्दै गएको आरोप लगाउँदै अब आफ्नो लडाई आफै लड्नु पर्ने बताए ।
संघीय सरकारको असहयोगका कारण प्रदेश २ सरकारले पनि जनताको अपेक्षा बमोजिम धेरै काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री सोनलले संघीय सरकारले बजेट र कर्मचारीमा समेत असहयोग गरेको आरोप लगाए ।
सोही क्रममा सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा रहेको थारु संग्राहलय विकासका लागि मन्त्री सोनलको ध्यानाकषर्ण गराइएको छ । सप्तरीका थारु अगुवाहरुले संग्राहलयको विकास गर्न आवश्यक रहेकोले पूर्वाधार निर्माणमा सहयोग गर्न ज्ञापन पत्र बुझाएका छन् ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य तथा जसपाका केन्द्रिय सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपा केन्द्रिय सदस्य राजकुमार लेखी, जिसस प्रमुख तथा जसपा नेपालका केन्द्रिय सदस्य प्रभाकर यादब, केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल लगायतको उपस्थिती रहेको थियो ।
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
सारांश
- सप्तरीमा निर्माण भइरहेको विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्ने क्रममा मन्त्री सोनलले माओवादीद्वारा उठाइएको जातीय मुक्तिको कुरा पनि सत्तामा पुगेपछि विसर्जन भएको आरोप लगाए ।
- नेपाली कांग्रेस र नेकपा दुबै पार्टीबाट जनताको समस्या समाधान नहुने भएकोले मुक्तिका लागि जनता समाजवादी पार्टी उपयुक्त रहेको मन्त्री सोनलको दाबी छ ।
- उनले नेकपाको आन्तरिक विवादका कारण देश अनिर्णयको बन्दी बन्दै गएको आरोप लगाउँदै अब आफ्नो लडाई आफै लड्नु पर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया