दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
आप्रवासीहरुलाई ठगि गर्ने दलाल तथा व्यवसायीलाई कानुन अनुसार हदैसम्मको कारवाहीको माग गर्दै आप्रवासी हकहित सञ्जाल सप्तरीले ¥याली निकाल्दै आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको छ ।
राजविराजस्थित स्थानिय शिव मन्दिरको प्राङ्गणबाट प्लेकार्ड, ब्यानरसहित निकालिएको ¥यालीमा आप्रवासी ठग्ने दलाल, फटहा, मन्द्रेलाई कारवाही गर, खोजी म्यानपावरको ठगि बन्द गर, शुन्यलागतमा कामदार पठाउने व्यवस्था कार्यान्वयन गर, १९ जनाको क्षतिपूर्ती तत्काल चुक्ता गर, पीडित आप्रवासीमाथी लगाइएको झुठा मुद्दा खारेज गर, अन्यायमा परेका आप्रवासीलाई न्याय दे लगायतका माग राख्दै जिल्ला प्रशासन कार्यालय पुगि प्रमुृख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएको हो ।
आप्रवासी हकहित सञ्जाल सप्तरीका अध्यक्ष जितेन्द्र प्रसाद सिन्हाले बुझाएका ज्ञापन पत्रमा ठगि गर्ने खोजी रिक्रटमेन्ट प्रालिलाई कानुन अनुसार कारवाही, पीडित आप्रवासी युवाहरुलाई यथासिघ्र न्याय प्रदान गर्न र झुठा मुद्दा खारेज, बैदेशिक रोजगार व्यवसायीहरुको व्यवस्था खारेज गरि सरकार जी टु जि सम्बन्धी व्यवस्था मिलाई सरकारी स्तरबाट पठाउने व्यवस्थाका माग गरिएको छ ।
त्यस्तै बैदेशकि रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग भएका कामदारका परिवारलाई जिविकोपार्जनका आधार सृजना, उध्मशिलता विकास तालिम, प्रविधी र पुँजी सहितको बिशेष कार्यक्तमहरुको व्यवस्था गरी कार्यान्वयन गर्न लगायतमा १० बुँदे माग गरिएको छ ।
उक्त ज्ञापन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशसमेतलाई बोदार्थ गरिएको छ ।
ठगि गर्ने दलाल तथा व्यवसायीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
सारांश
- राजविराजस्थित स्थानिय शिव मन्दिरको प्राङ्गणबाट प्लेकार्ड, ब्यानरसहित निकालिएको ¥यालीमा आप्रवासी ठग्ने दलाल, फटहा, मन्द्रेलाई कारवाही गर, खोजी म्यानपावरको ठगि बन्द गर, शुन्यलागतमा कामदार पठाउने व्यवस्था कार्यान्वयन गर, १९ जनाको क्षतिपूर्ती तत्काल चुक्ता गर, पीडित आप्रवासीमाथी लगाइएको झुठा मुद्दा खारेज गर, अन्यायमा परेका आप्रवासीलाई न्याय दे लगायतका माग राख्दै जिल्ला प्रशासन कार्यालय पुगि प्रमुृख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएको हो ।
- आप्रवासी हकहित सञ्जाल सप्तरीका अध्यक्ष जितेन्द्र प्रसाद सिन्हाले बुझाएका ज्ञापन पत्रमा ठगि गर्ने खोजी रिक्रटमेन्ट प्रालिलाई कानुन अनुसार कारवाही, पीडित आप्रवासी युवाहरुलाई यथासिघ्र न्याय प्रदान गर्न र झुठा मुद्दा खारेज, बैदेशिक रोजगार व्यवसायीहरुको व्यवस्था खारेज गरि सरकार जी टु जि सम्बन्धी व्यवस्था मिलाई सरकारी स्तरबाट पठाउने व्यवस्थाका माग गरिएको छ ।
- त्यस्तै बैदेशकि रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग भएका कामदारका परिवारलाई जिविकोपार्जनका आधार सृजना, उध्मशिलता विकास तालिम, प्रविधी र पुँजी सहितको बिशेष कार्यक्तमहरुको व्यवस्था गरी कार्यान्वयन गर्न लगायतमा १० बुँदे माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया