ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता

राजविराज राजविराज
|
शनिबार, मंसिर ३०, २०८०
|
|
४२ पटक हेरिएको
Shares
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता

सारांश

  •     शिक्षक शशिशंकरले भने सो दिन गृष आफूकहाँ ट्युसन पढ्न नआएको जनाएका छन् ।
  • गृषका परिवारजनले छोरा वेपत्ता भएको बारे प्रहरीमा समेत जानकारी गराई अवस्था पत्ता लगाईदिन आग्रह गरेका छन् ।
  •       राजविराजस्थित मिशन कलेजमा कक्षा १२ मा अध्ययनरत गृषले बोक्ने मोबाइल भने घरमै फेला परेको तथा अनुसन्धानका लागि माग गरेकाले प्रहरीलाई बुझाइएको गृषका बुबा उपेन्द्रले बताएका छन् ।

    राजविराज÷ट्युसन पढ्नका लागि चार दिन अघि घरबाट निस्केका राजविराज ५ का गृषचन्द्र देव सम्पर्कबिहीन भएका छन् । 
    घर नजिकैको शिक्षक शशिशंकर कहाँ ट्युसन पढ्न जान्छु भन्दै बुधबार बिहान ९ बजेतिर निस्केका उनी हालसम्म फर्केर नआएपछि चिन्तामा डुबेका परिवारजनले खोजि गरिदिनहुन अपील गरेका छन् । 
    १८ वर्षिय एक मात्र छोरा सम्पर्क बिहीन भएपछि आमा रिना र बुबा उपेन्द्रले खोजि कायृमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । आफूहरु काम विशेषले बिराटनगर गएको बेला बुधबार घरमा रहेका छोरा गृषले दिदी हेमालाई ट्युसन पढ्न जान्छु भन्दै निस्केको र हालसम्म फर्कि नआएको देव दम्पत्तिले सुनाए । 
    शिक्षक शशिशंकरले भने सो दिन गृष आफूकहाँ ट्युसन पढ्न नआएको जनाएका छन् । गृषका परिवारजनले छोरा वेपत्ता भएको बारे प्रहरीमा समेत जानकारी गराई अवस्था पत्ता लगाईदिन आग्रह गरेका छन् । 
    राजविराजस्थित मिशन कलेजमा कक्षा १२ मा अध्ययनरत गृषले बोक्ने मोबाइल भने घरमै फेला परेको तथा अनुसन्धानका लागि माग गरेकाले प्रहरीलाई बुझाइएको गृषका बुबा उपेन्द्रले बताएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले गृष परिवारजनको सम्पर्क बाहिर पुगेको जानकारी प्राप्त भएको भन्दै खोजि कार्य भइरहेको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने