दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
राजविराजस्थित भुमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीलाई सेवाग्राहीबाट तीन हजार घुस लिदै गर्दा आइतबार अख्तियारको टोलीले पक्राउ गरेको छ ।
जग्गा सम्बन्धी मिशिल कागजात तयार गर्न मुद्दा फाँटका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेश साहलाई तीन हजार घुस लिदै गर्दा अख्तियार टोलीले समातेको हो ।
कम्प्युटर अपरेटर साहले घुस वापत लिएको रकम नासु शर्माकै आदेशमा बुझिलिएको अख्तियार टोली समक्ष बयान दिएपछि शर्मालाई पनि टोलीले पक्राउ गरेको थियो ।
सो कार्यालयमा खुलेआम सेवाग्राहीसँग घुस लिने काम भइरहेको जनगुनासो बढ्दै गएपछि केही दिन यता इटहरीस्थित अख्तियारको टोलीले निगरानी बढाएको थियो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि इटहरीस्थित अख्तियारको क्षेत्रिय कार्यालय लगिएको अख्तियार श्रोतले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया