उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना

राजविराज राजविराज
|
मंगलबार, आश्विन १२, २०७८
|
|
७९ पटक हेरिएको
Shares
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना

सारांश

  •     सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरुले दोश्रो दिन पनि राजविराज नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिएका हुन् ।
  •       अघिल्लोे दिन एक घण्टा धर्नामा बसेकी महिला शिक्षिकाहरुले दोश्रो दिन उनीहरुले बिहान ११ बजेदेखी दिनको १ बजेसम्म दुई घण्टा नगरपालिका कार्यालय परिसरमा धर्ना दिए ।
  •     विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको गुनासो गर्दै धर्नामा बसेको बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    जितिया पर्वको उपवासमा बसेकी सप्तरीका बाल शिक्षकहरुद्वारा मंगलबार दोश्रो दिन पनि धर्नालाई निरन्तरता दिएका छन् । 
    सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरुले दोश्रो दिन पनि राजविराज नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिएका हुन् । 
    अघिल्लोे दिन एक घण्टा धर्नामा बसेकी महिला शिक्षिकाहरुले दोश्रो दिन उनीहरुले बिहान ११ बजेदेखी दिनको १ बजेसम्म दुई घण्टा नगरपालिका कार्यालय परिसरमा धर्ना दिए ।
    विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको गुनासो गर्दै धर्नामा बसेको बताएका छन् । 
    यसअघि ज्ञापन पत्र बुझाउने, पेन डाउन गर्ने, हातमा कालो पट्टी बाँधेर पठनपाठनमा सहभागि हुने। सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र धर्ना लगायत कार्यक्रम गरेकोमा प्रथम चरणको आन्दोलन कार्यक्रम मंगलबार सम्पन्न भएको र माग पूरा नगरिए जितिया पर्व सम्पन्न भएपछि दोश्रो चरणको आन्दोलन कार्यक्रम पत्रकार सम्मेलन मार्फत घोषणा गरिने संघर्ष समितिले जनाएको छ । 
    नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजार र स्थानिय सरकारबाट ७ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ । 
    पहिलादेखी पाइरहेको ६ हजार र थप गरिएको २ हजार गरि ८ हजार तथा सम्बन्धीत नगरपालिका र गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब दिनु पर्ने आन्दोलनकारी शिक्षिकाहरुको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
लिटिल एन्जेल बिजयी
लिटिल एन्जेल बिजयी
कोशी पलारमा बालिका मृत फेला
कोशी पलारमा बालिका मृत फेला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने