दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीमा दुई महिना अघिमात्र विवाह भएको एक महिलाको रहस्यम मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
महादेवा गाउँपालिका वडा नम्बर १ सोनरा टोल बस्ने दीपक यादवकी पत्नी २१ बर्षीया दीपाको शनिबार मृत्यु भएको थियो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
दीपा बिरामी भएको भन्दै पति दीपक र ससुरा पर्शुरामले शनिबार दीपालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याएका थिए । तर, अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतक दीपाको शरीरमा चोटपटक र निलडाम देखिएको प्रहरीले जनाएको छ । घट्ना शंकास्पद देखिएको भन्दै अनुसन्धान अगाडि बढाइएको सप्तरी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए । ‘घाँटीमा निलडगाम देखिएको छ, त्यहीं भएर हामीले अनुसन्धान अघि बढाएका छौं’ उनले भने ।
घटनाको अनुसन्धानका लागि मृतक दिपाकी श्रीमान दीपक र ससुरा पर्शुरामलाई नियन्त्रणमा लिइएको बस्नेतले बताए । माइती पक्षले दीपाको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी समेत दिएका छन् ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
गत ४ असारमा दीपा र दीपकको सामाजिक परम्परा अनुसार बिवाह भएको थियो । तर विवाह पछि थप दाइजो माग्दै दीपक, पर्शुरामसहितका परिवारका अन्य सदस्यले दीपालाई शारिरीक तथा मानसिक यातना दिने गरेको माइती पक्षको आरोप छ ।
दाईजोकै बिषयमा निरन्तर विवाद हुँदै आएको र सोही विवादकै कारण दीपाको उनका श्रीमान र ससुराले कुटपिट गरी हत्या गरेको माइती पक्षले दाबी गरेका छन् ।
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
सारांश
- महादेवा गाउँपालिका वडा नम्बर १ सोनरा टोल बस्ने दीपक यादवकी पत्नी २१ बर्षीया दीपाको शनिबार मृत्यु भएको थियो ।
- उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
- दीपा बिरामी भएको भन्दै पति दीपक र ससुरा पर्शुरामले शनिबार दीपालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया