नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो

राजविराज राजविराज
|
सोमबार, पौष ७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो

सारांश

  •     सो अभियान अन्तरगत सोमबार नगरपालिकाले पाँच वटा छाडा सुंगुर नियन्त्रणमा लिई मारेको छ ।
  • पटक पटक पशुधनीलाई आग्रह गर्दा समेत अटेर गर्दै छाडा रुपमा सडकमा देखिएका ती सँुगुरहरु नियन्त्रणमा लिई मारिएको नगरपालिकाका अधिकृत मनोज कुमार यादवले जानकारी दिएका छन् ।
  •        अहिले छाडा पशु चौपायाका कारण राजविराज नगरपालिकाको बजार क्षेत्रमा दुर्घटना हुने सम्भावनाका साथै ट्राफिक ब्यवस्था समेत प्रभावित हुने गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ पुस । 
    छाडा पशुचौपाया नियन्त्रण गर्ने अभियान अन्तरगत राजविराज नगरपालिकाले पटक पटक सूचना प्रकाशित गर्दा समेत त्यसलाई अटेर गरेपछि अहिले नगरपालिका स्वयंम छाडा पशु चौपाया नियन्त्रण गर्न लागि परेको छ । 
    सो अभियान अन्तरगत सोमबार नगरपालिकाले पाँच वटा छाडा सुंगुर नियन्त्रणमा लिई मारेको छ । पटक पटक पशुधनीलाई आग्रह गर्दा समेत अटेर गर्दै छाडा रुपमा सडकमा देखिएका ती सँुगुरहरु नियन्त्रणमा लिई मारिएको नगरपालिकाका अधिकृत मनोज कुमार यादवले जानकारी दिएका छन् । 
     अहिले छाडा पशु चौपायाका कारण राजविराज नगरपालिकाको बजार क्षेत्रमा दुर्घटना हुने सम्भावनाका साथै ट्राफिक ब्यवस्था समेत प्रभावित हुने गरेको छ ।
    पटक पटक विभिन्न सूचना तथा माइकिङ गरेर छाडा पशु चौपाया सडकमा नछोड्नु भनी जानकारी गराउँदा समेत पशु धनीहरुले सो सूचनाको अटेर गरेपछि नगरपालिकाले ती पशु चौपायालाई नियन्त्रण गरि कान्जी हाउसमा राख्न सुरु गरेको छ । 
    छाडा पशु चौपाया नियन्त्रण गरि राजविराज नगरपालिकास्थित कान्जि हाउसमा हाल पनि एक दर्जन बढी पशु चौपायालाई राखिएको तथा दुई दर्जन बढी नियन्त्रणमा रहेका पशु चौपायालाई पशुधनीहरुले शुल्क तिरी लगेको अधिकृत यादवले बताए ।  
    कान्जी हाउसमा नियन्त्रण गरि राखिएको ती पशु चौपाया पशु धनीले लिन आएमा पहिलो दिन केही जरिवानासहित जिम्मा लगाउने तथा दोश्रो दिन लिन आएमा ५० रुँपैयाको दरले जरिवाना बढ्दै जाने उनले बताए । त्यस्तै एक हप्तासम्ममा लिन आएमा एक हजार र आठौं दिनसम्म नआएमा ती पशु चौपायालाई प्रक्रिया पु¥याई लिलामी समेत गर्ने उनले बताए । 
    हाल राजविराज नगरको अति व्यस्त सडकहरुमा पशु चौपायाहरु उल्लेख्यीय देखिन्छ । रातीको समयमा नगरको मुख्य गजेन्द्र चौकमा गाई, गोरु, साढे लगायत घेराहाली बस्ने गरेको देखिन्छ । 
    यस्तै दिउँसोको समयमा अदालत रोडदेखी राममन्दिरसम्मको सडक क्षेत्रमा बाख्रा, गाई, साँढे, सुँगुरहरु जताभावी घुमफिर गरेको देखिन्छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउन सुगरसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?