दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
कानुन व्यवसायीहरुको साझा संगठन उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा लोकतान्त्रिक कानून व्यवसायी समूहका कानुन व्यवसायी हरेराम यादव बिजयी भएका छन् । उनी प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुहका तर्फबाट उम्मेदवार बनेका बलराम सिंहलाई १७ मतले पराजित गरि बिजयी भएका हुन् । अध्यक्ष यादवले १ सय ३ मत ल्याए भने सिंहले ८६ मत प्राप्त गरे ।
शनिबार सम्पन्न निर्वाचनमा सचिव र एक सदस्य बाहेक सम्पूर्ण पदाधिकारी लोकतान्त्रिक कानून व्यवसायी समूहका निर्वाचित भएका छन् ।
लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्षसहित उपाध्यक्ष धमेन्द्र यादव र कोषाध्यक्षमा उमाशंकर देव निर्वाचित भए । सोही प्यानलबाट सदस्यहरुमा डा. संतोष कुमार चमन यादव, दिनेश कुमार सिंह, डा. शिव नारायण यादव, रामचन्द्र मण्डल, राज कुमार साह, नित्यदेव प्रसाद यादव, किसुन देव ठाकुर र कौशल किशोर दत्त निर्वाचित भए । यस्तै प्रगतिशिल पेशागत कानुन व्यवसायी समूहबाट सचिवमा दानो कुमारी चौधरी र सदस्यमा राजकुमार टरैत निर्वाचित भए ।
सह–सचिव पदमा भने दुबै प्यानलबाट उम्मेदवारी नपरेपछी सो पद रिक्त हुन गएको र उक्त पद पछी मनोनयन प्रक्रियाबाट पूर्ती गरिने निर्वाचन समितिले जनाएको छ ।
यसअघि केन्द्रिय पार्षद पदमा डा. देव नारायण यादव, रणधिर कुमार कर्र्ण, अशोक कुमार झा, बलविर चौधरी, बालाकृष्ण ढुंगाना, मिथलेश चन्द्र लाभ, गुञ्जेश्वर प्रसाद यादव, राम नारायण देव र भुप नारायण यादव निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक धिरेन्द्र कुमार यादवले जानकारी दिए ।
दुई वर्षे कार्यकालका लागी हुने एशोसिएशनको निर्वाचनमा कुल २ सय ३ मतदाता रहेकोमा १ सय ९२ मत खसेको थियो ।
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
सारांश
- शनिबार सम्पन्न निर्वाचनमा सचिव र एक सदस्य बाहेक सम्पूर्ण पदाधिकारी लोकतान्त्रिक कानून व्यवसायी समूहका निर्वाचित भएका छन् ।
- लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्षसहित उपाध्यक्ष धमेन्द्र यादव र कोषाध्यक्षमा उमाशंकर देव निर्वाचित भए ।
- सोही प्यानलबाट सदस्यहरुमा डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया