जगन्नाथ रथयात्रा निकालिदै

राजविराज राजविराज
|
शुक्रबार, पौष १२, २०८१
|
|
४३ पटक हेरिएको
Shares
जगन्नाथ रथयात्रा निकालिदै

सारांश

  •     रथयात्रा राजविराज हटियास्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गणबाट निकली नगरको परिक्रमा पश्चात् पुनः सोही मन्दिरमा विसर्जन गरिने कार्यक्रम रहेको श्रीकृष्ण भक्त मण्डल सप्तरीका अध्यक्ष हितेश यादवले जानकारी दिएका छन ।
  •     रथयात्रामा भारतका वृन्दावन, मायापुर, मथुरा, दरभंगासहित नेपालका लहान, जनकपुर, इटहरी, विराटनगर र धरानका श्रीकृष्ण भक्त र किर्तन मण्डलीहरुका साथै केही विदेशी भक्तजनहरु समेतको सहभागिता रहने अध्यक्ष यादवले बताए ।
  •     रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि सहभागी हुने जानकारी गराउँदै मण्डलका सचिव प्रभाकरले भने “यात्रामा सप्तरीका आमजनका साथै प्रशासन र राजनीतिक प्रमुख व्यक्तित्वहरु समेत उपस्थित हुनेछन् ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।

    गत वर्ष झै यस वर्ष पनि राजविराजमा आज (शनिबार) भगवान श्रीजगन्नाथ रथयात्राको आयोजना हुदैछ । भगवान श्रीकृष्णकै अर्को रुप भनिने श्रीजगन्नाथ रथयात्रा विगत तीन बर्षदेखि राजविराजमा हुँदै आएको छ । 
    रथयात्रा राजविराज हटियास्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गणबाट निकली नगरको परिक्रमा पश्चात् पुनः सोही मन्दिरमा विसर्जन गरिने कार्यक्रम रहेको श्रीकृष्ण भक्त मण्डल सप्तरीका अध्यक्ष हितेश यादवले जानकारी दिएका छन ।
    रथयात्रामा भारतका वृन्दावन, मायापुर, मथुरा, दरभंगासहित नेपालका लहान, जनकपुर, इटहरी, विराटनगर र धरानका श्रीकृष्ण भक्त र किर्तन मण्डलीहरुका साथै केही विदेशी भक्तजनहरु समेतको सहभागिता रहने अध्यक्ष यादवले बताए ।
    रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि सहभागी हुने जानकारी गराउँदै मण्डलका सचिव प्रभाकरले भने “यात्रामा सप्तरीका आमजनका साथै प्रशासन र राजनीतिक प्रमुख व्यक्तित्वहरु समेत उपस्थित हुनेछन् ।”
    रथयात्राको सम्पूर्ण तैयारीले अन्तिम रुप पाईसकेको जानकारी गराउँदै यात्रा बिहान ९ः३० बजे हटिया मन्दिरबाट निस्किने मण्डलका कोषाध्यक्ष दिपक भगतले बताए । 
    सोही रथयात्रामा भगवान जगन्नाथका साथै दाई बलराम र बहिनी शुभद्राका प्रतिमूर्ती राखी यात्रा गराइने भारत उडिसाको जगन्नाथधामको  परम्परालाई विश्वभरी नै यथावत राखिने सल्लाहकार सतिश कुमार दत्तले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?