दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा किसानलाई पक्राउ गरेको तथा सोको बिरुद्ध आन्दोलनका क्रममा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै जनमत पार्टी सप्तरीले मंगलबार सप्तरीमा चक्काजाम गरेको छ ।
जिल्लाको कंचनरुप नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा जनमत पार्टीका नेता कार्यकर्ताले एक घण्टा चक्कजाम गरेको हो । चक्काजामका कारण सवारीसाधन सडकमै थन्किएका थिए ।
सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए ।
झुटो मुद्दामा पक्राउ गरेका किसानलाई रिहा गर्नुपर्ने मागसहित जनमत पार्टीले बन्द र हड्ताल गर्दै आएको छ । सो क्रममा जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रक जलाएका थिए भने दुई दर्जन सवारीसाधनमा तोडफोड गरेका थिए ।
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
सारांश
- जिल्लाको कंचनरुप नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा जनमत पार्टीका नेता कार्यकर्ताले एक घण्टा चक्कजाम गरेको हो ।
- चक्काजामका कारण सवारीसाधन सडकमै थन्किएका थिए ।
- सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया