सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 

राजविराज राजविराज
|
मंगलबार, भाद्र २६, २०८०
|
|
६५ पटक हेरिएको
Shares
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 

सारांश

  •     बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले उद्घाटन गरेका छन् ।
  •       सो अवसरमा उनले दुर्घटना न्युनिकरणमा सवारी चालक र सहचालकको भुमिका महत्वपुर्ण रहने बताउँदै प्रशिक्षणमा सहभागीहरुले प्राप्त गरेको ज्ञान व्यवहारमा लागु गरेर देखाउनु पर्नेमा जोड दिए ।
  • अधिकांश दुर्घट्नामा चालकको लापरवाही देखिने गरेको पाईएकोले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत यस्तो आयोजना गरिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।

    “दुर्घटनाबाट बचौ र बचाऔं” नाराका साथ जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले मंगलवार देखि चालक तथा सहचालकहरुका लागी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । 
    बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले उद्घाटन गरेका छन् । 
    सो अवसरमा उनले दुर्घटना न्युनिकरणमा सवारी चालक र सहचालकको भुमिका महत्वपुर्ण रहने बताउँदै प्रशिक्षणमा सहभागीहरुले प्राप्त गरेको ज्ञान व्यवहारमा लागु गरेर देखाउनु पर्नेमा जोड दिए । अधिकांश दुर्घट्नामा चालकको लापरवाही देखिने गरेको पाईएकोले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत यस्तो आयोजना गरिएको उनको भनाई छ । 
    प्रशिक्षणमा जिल्लामा संचालित वस, माइक्रो, विङ्गर, म्याजिक लगायत सवारी साधनका २ सय ५० भन्दा बढी चालक र सहचालक सहभागी छन् । 
    दुई दिनको अवधीम पालै पालो गरी जिल्लाभरका सवै चालक र सहचालकलाई सहभागी गराई प्रशिक्षण दिने तयारी भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक मेदनी प्रसाद साहले बताए । 
    सुरक्षित यात्राका लागी सहभागीहरुलाई श्रब्यदृष्य सामग्रीमार्फत समेत प्रशिक्षण र ट्राफिक सचेतना दिने काम भइरहेको ट्राफिक कार्यालयका सइ टेक बहादुर वस्नेतले जानकारी दिए । 
    सडक दुर्घट्नाबाट वच्न र यात्रुको जीवन रक्षाका लागी संचालित प्रशिक्षण कार्याक्रममा यात्रु संग गरिने ब्यवहार, मादक पर्दाथको सेवन गरेर गाडी चलाउँदा पार्ने प्रभाव, सडक अनुशाषण, पार्किङ्ग, स्वास्थ्य परिक्षण लगायतका विषयमा प्रशिक्षण दिन थालिएको छ । 
    सो अवसरमा वडा अध्यक्ष अरुण कुमार यादव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सप्तरीका अध्यक्ष संजय साह, माउन्ट सगरमाथा यातायात प्रा.लि.का उपाध्यक्ष दिनेश प्रसाद गुप्ता, छिन्नमस्ता यातायात प्रा.लि.का सचिव सरोज यादव, सिद्धार्थ गौतमबुद्ध यातायात सेवा केन्द्र प्रा.लि.का कोषाध्यक्ष ओम प्रकाश बर्मा लगायत विभिन्न सवारी साधनका संचालकहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
तीस कार्टुन मदिरा बरामद 
तीस कार्टुन मदिरा बरामद 
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ