सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 

राजविराज राजविराज
|
मंगलबार, भाद्र २६, २०८०
|
|
३७ पटक हेरिएको
Shares
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 

सारांश

  •     बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले उद्घाटन गरेका छन् ।
  •       सो अवसरमा उनले दुर्घटना न्युनिकरणमा सवारी चालक र सहचालकको भुमिका महत्वपुर्ण रहने बताउँदै प्रशिक्षणमा सहभागीहरुले प्राप्त गरेको ज्ञान व्यवहारमा लागु गरेर देखाउनु पर्नेमा जोड दिए ।
  • अधिकांश दुर्घट्नामा चालकको लापरवाही देखिने गरेको पाईएकोले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत यस्तो आयोजना गरिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।

    “दुर्घटनाबाट बचौ र बचाऔं” नाराका साथ जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले मंगलवार देखि चालक तथा सहचालकहरुका लागी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । 
    बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले उद्घाटन गरेका छन् । 
    सो अवसरमा उनले दुर्घटना न्युनिकरणमा सवारी चालक र सहचालकको भुमिका महत्वपुर्ण रहने बताउँदै प्रशिक्षणमा सहभागीहरुले प्राप्त गरेको ज्ञान व्यवहारमा लागु गरेर देखाउनु पर्नेमा जोड दिए । अधिकांश दुर्घट्नामा चालकको लापरवाही देखिने गरेको पाईएकोले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत यस्तो आयोजना गरिएको उनको भनाई छ । 
    प्रशिक्षणमा जिल्लामा संचालित वस, माइक्रो, विङ्गर, म्याजिक लगायत सवारी साधनका २ सय ५० भन्दा बढी चालक र सहचालक सहभागी छन् । 
    दुई दिनको अवधीम पालै पालो गरी जिल्लाभरका सवै चालक र सहचालकलाई सहभागी गराई प्रशिक्षण दिने तयारी भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक मेदनी प्रसाद साहले बताए । 
    सुरक्षित यात्राका लागी सहभागीहरुलाई श्रब्यदृष्य सामग्रीमार्फत समेत प्रशिक्षण र ट्राफिक सचेतना दिने काम भइरहेको ट्राफिक कार्यालयका सइ टेक बहादुर वस्नेतले जानकारी दिए । 
    सडक दुर्घट्नाबाट वच्न र यात्रुको जीवन रक्षाका लागी संचालित प्रशिक्षण कार्याक्रममा यात्रु संग गरिने ब्यवहार, मादक पर्दाथको सेवन गरेर गाडी चलाउँदा पार्ने प्रभाव, सडक अनुशाषण, पार्किङ्ग, स्वास्थ्य परिक्षण लगायतका विषयमा प्रशिक्षण दिन थालिएको छ । 
    सो अवसरमा वडा अध्यक्ष अरुण कुमार यादव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सप्तरीका अध्यक्ष संजय साह, माउन्ट सगरमाथा यातायात प्रा.लि.का उपाध्यक्ष दिनेश प्रसाद गुप्ता, छिन्नमस्ता यातायात प्रा.लि.का सचिव सरोज यादव, सिद्धार्थ गौतमबुद्ध यातायात सेवा केन्द्र प्रा.लि.का कोषाध्यक्ष ओम प्रकाश बर्मा लगायत विभिन्न सवारी साधनका संचालकहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु