राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प

राजविराज राजविराज
|
मंगलबार, जेठ ५, २०८३
|
|
२५ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प

सारांश

  •     मंगलबार बिहान १० बजेतिर राजविराज ८ मा नगरपालिकाद्वारा भइरहेको सडक निर्माण कार्यको निरिक्षण तथा लेआउटका लागि पुगेका सवइन्जिनियर यादवमाथी सोही वडा निवासी गुलाब यादव भन्ने व्यक्तिले कुटपिट तथा ल्यापटप तोडफोड गरेको प्रमुख प्रशसकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी बताए ।
  •       नगरपालिकाबाट मंगलबार नै सवइन्जिनियर यादवमाथी कुटपिट गर्ने तथा ल्यापटप तोडफोड गर्ने गुलाब यादवलाई पक्राउ गरि कानुन बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको उनले जनाएका छन् ।
  •       यता घटनाको बिरोधमा नगरपालिकाका कर्मचारीहरुले अतिआवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ जेठ । 

    राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादव कुटिएका छन् । उनी मंगलबार बिहान राजविराज वडा नं. ८ स्थित निर्माण कार्यको निरिक्षण तथा लेआउट गर्न पुगेको बेला कुटिनुका साथै उनको साथमा रहेको ल्यापटप समेत तोडफोड भएको छ । 
    मंगलबार बिहान १० बजेतिर राजविराज ८ मा नगरपालिकाद्वारा भइरहेको सडक निर्माण कार्यको निरिक्षण तथा लेआउटका लागि पुगेका सवइन्जिनियर यादवमाथी सोही वडा निवासी गुलाब यादव भन्ने व्यक्तिले कुटपिट तथा ल्यापटप तोडफोड गरेको प्रमुख प्रशसकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी बताए । 
    नगरपालिकाबाट मंगलबार नै सवइन्जिनियर यादवमाथी कुटपिट गर्ने तथा ल्यापटप तोडफोड गर्ने गुलाब यादवलाई पक्राउ गरि कानुन बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको उनले जनाएका छन् । 
    यता घटनाको बिरोधमा नगरपालिकाका कर्मचारीहरुले अतिआवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् । नगरपालिकाको कर्मचारी परिवारका तर्फबाट जारि संयुक्त प्रेस विज्ञप्तिमा कार्य क्षेत्रमा पेशागत जिम्मेवारी निर्वाहा गर्न जाँदा गुण्डाशैलीमा राष्ट्रसेवक कर्मचारीमाथी आक्रमण हुनु निन्दनीय रहेको उल्लेख छ । 
    साथै उक्त विज्ञप्ति मार्फत कर्मचारी कुट्ने व्यक्तिलाई पक्राउ गरि कारवाही नगरेसम्म नगरपालिकाको आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्मानजनक जिम्मेवारीका लागि जोड
सम्मानजनक जिम्मेवारीका लागि जोड
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण