दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित कोशी प्रोजेक्ट कोलोनी बस्तीमा पक्की सडक निर्माण हुने भएको छ ।
उक्त पक्की सडक ढलान कार्यको शनिबार गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
गाउँपालिका कार्यालयको ५५ लाख ८२ हजार ७१ रुँपैया तथा जनसहभागिताको ४ लाख १७ हजार ६ सय रुँपैयाको लगानीमा बन्न लागेको सडक २०८२ जेठ १५ गते भित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
सडक ढलान निर्माण कार्य सम्पन्न भएपछी उक्त बस्तीमा रहेका ८० घरधुरी परिवारका साथै आसपासका बासिन्दालाई समेत सहज हुने अध्यक्ष यादवको कथन छ । उनले अति पुरानो बस्तीको रुपमा रहेको कोशी प्रोजेक्ट कोलोनीका बासिन्दाको सहज आवतजावतका लागि आफूले सडकका लागि पहल गरेको बताए । शिक्षा, स्वास्थ्य र कृषिका साथै बाटोघाटो निर्माण आफ्नो उच्च प्राथमिकतामा रहेको उनको भनाई छ ।
उक्त अवसरमा जसपा नेपालका गाउँकमिटी सचिव राहुल राय, वडा कमिटि अध्यक्ष देवनारायण यादव तथा स्थानीय भरभलादमीको उपस्थिति रहेको थियो ।
कोशी कोलोनीमा सडक बन्ने
सारांश
- उक्त पक्की सडक ढलान कार्यको शनिबार गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
- गाउँपालिका कार्यालयको ५५ लाख ८२ हजार ७१ रुँपैया तथा जनसहभागिताको ४ लाख १७ हजार ६ सय रुँपैयाको लगानीमा बन्न लागेको सडक २०८२ जेठ १५ गते भित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
- सडक ढलान निर्माण कार्य सम्पन्न भएपछी उक्त बस्तीमा रहेका ८० घरधुरी परिवारका साथै आसपासका बासिन्दालाई समेत सहज हुने अध्यक्ष यादवको कथन छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया