दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
सप्तरीमा आत्महत्याको घटना निकै बढ्दै गएको छ । पछिल्लो पटक जिल्लाको बोदेबर्साईन नगरपालिका १० खडकपुर निवासी ७० वर्षिया लक्ष्मिनिया देवी यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी आप्mनै घरको काठको बलोमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८२ पुगेको छ ।
विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर पाँच महिला र दुई पुरुषले आत्महत्या गरेका छन् । यस्तै आत्महत्याको प्रयास गर्नेको संख्या ८ पुगेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।
गरिबी, बेरोजगारी, प्रेम सम्बन्ध, शिक्षामा असफलता तथा ऋणको बोझ लगायतका घरायसी कारणले पनि आत्महत्याका घटना बढेको तर्क दिँदै यसतर्फ बेलैमा ध्यान दिनु पर्ने सरोकारवालाहरुले औल्याएका छन् । आत्महत्याको प्रयास गर्ने प्रबृतीलाई रोक्न राज्यसँगै परिवारका जिम्मेवार सदस्यले आ–आफ्ना स्थरबाट गम्भिर पहल गर्नु पर्ने आवश्यकता देखिएको अधिकांशको सुझाव छ ।
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
सारांश
- प्रहरीका अनुसार उनी आप्mनै घरको काठको बलोमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
- यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २३ पुगेको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया