अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार

राजविराज राजविराज
|
मंगलबार, आश्विन २८, २०८२
|
|
७८ पटक हेरिएको
Shares
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार

सारांश

  •     पछिल्लो पटक प्रहरीकै अगाडी विपक्षिहरुले अदालतको आदेशको अवज्ञा गर्दै भगत परिवारले आफ्नो स्वामित्वमा रहेको जग्गाको सुरक्षाका लागि गरेको घेरवार भत्काएर उदण्डता देखाएका छन् ।
  •       सो वडामा भगत परिवारको नाममा रहेको कित्ता नं.
  • २३८ को १ विगहा ८ कठ जग्गामा काटेतार र सिमेन्टको पिलर लगाएर घेरवार गर्न खोज्दा प्रहरीकै अगाडी विपक्षिहरुले भत्काई दिएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 

    सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर–राजविराज इजलाश गरी दुई तहका अदालतबाट न्याय पाएपनी फैसला कार्यान्वयन नहुँदा सप्तरीको शम्भुनाथ नगरपालिका ११ रामपुर जमुवाकी निलम देवी भगत र उनका परिवार यसरी न्यायको पर्खाईमा भौतारिएका छन् । 
    पछिल्लो पटक प्रहरीकै अगाडी विपक्षिहरुले अदालतको आदेशको अवज्ञा गर्दै भगत परिवारले आफ्नो स्वामित्वमा रहेको जग्गाको सुरक्षाका लागि गरेको घेरवार भत्काएर उदण्डता देखाएका छन् । 
    सो वडामा भगत परिवारको नाममा रहेको कित्ता नं. २३८ को १ विगहा ८ कठ जग्गामा काटेतार र सिमेन्टको पिलर लगाएर घेरवार गर्न खोज्दा प्रहरीकै अगाडी विपक्षिहरुले भत्काई दिएका हुन् । 
    अदालतको आदेश कार्यान्वयन गराउन सोमबार प्रहरी समेतको साथ लिई पुगेका भगत परिवारलाई विपक्षि ब्रह्मदेव गुप्ता भगत, वलिफ चौधरी, कुवेर भन्ने ह्दय चौधरी, बहुरी भगत, राजकुमार साहसहितका अगुवाईमा आएको समूहले गालीगलौज मात्र गरेनन् । घेरवार गरिएका सिमेन्टका पिलरहरु समेत भत्काई दिएको पीडित निलम देवी भगतकी छोरी सरिताले बताइन् । यति मात्र होइन । 
    उक्त समूहको अराजक गतिविधि क्यामरामा कैद गरिएका पत्रकार एवं नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझीमाथी दुव्र्यहार गर्नुका साथै क्यामरा समेत फुटाइदिएका छन् । पत्रकार माझीले आक्रमणमा संलग्न ह्दय चौधरी, नारायण खंग, ब्रहमदेव भगत लगायतका व्यक्तिविरुद्ध मंगलबार कुटपिट तथा अभद्र व्यवहारमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् । मुद्दा दर्ता भई उनीहरुको खोजीकार्य भइरहेको प्रहरी उपरिक्षक गौतम कुमार केसीले जानकारी दिए ।
    यस्तै मंगलबार नै भगत परिवारले आफ्नो स्वामित्वको जग्गा संरक्षणमा अवरोध पु¥याउने घेरवारमा प्रयोग गरिएका संरचनाहरु भत्काउने र गाउँमा सुरक्षित साथ बस्न नदिनेहरु उपर कडा कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको सरिता भगतले बताइन् । 
    प्रहरी उपरिक्षक केसीले अदालतको आदेश पालना गराउन प्रहरी प्रतिबद्ध रहेको तथा पीडित पक्षलाई उचित न्याय दिलाउने गरी काम अघि बढाएको प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
सरकारमा जाने कुनै सम्भावना छैन् ः राजपा संयोजक महतो
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?