एकै रात पाँच जनाको घरमा लाखौंको चोरी

राजविराज राजविराज
|
शनिबार, चैत्र २३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
एकै रात पाँच जनाको घरमा लाखौंको चोरी

सारांश

  •     यस्तै राम वावु सरदारको चाँदीको गहना ११ तोला र नगद पाँच हजार गरी १५ हजार वरावरको चोरी भएको छ ।
  • यस्तै गुजरी देवी सदाको घरमा सिन खनेर वाकासमा राखेको ६० तोलाको चाँदीको गहना, सुन २ आना, नगद पाँच हजार गरी करिव ६० हजार धनमाल चोरी भएको छ ।
  •       यसैगरी सुखरी सदाको २० तोला चाँदी र लताकपडा गरी लगभग १६ हजार चोरी भएको जनाएको छ ।

    राजविराज÷सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ का पाँच घरबाट नगदसहित लाखौको गरगहना चोरी भएको छ ।
    शुक्रबार राती चोरहरुले चाँदीको कडा, सिक्री, पाउजु, सुनको फूली, एल.सि.डी., मोवाईल लगायतको सरसमान चोरेर लगेका छन् ।
    स्थानिय सरोज सरदारको ३२ ईन्चको एल.सि.डी. १ थान, मोवाईल १ थान, चाँदीको गहना ४५ तोला, सुन २ आना, नगद ४० हजार, अण्डा १ कार्टुन, टर्च लाईट, घडी लताकपडा गरि एक लाख २२ हजार मुल्य बराबरको चोरेर लगेका हुन् । 
    यस्तै राम वावु सरदारको चाँदीको गहना ११ तोला र नगद पाँच हजार गरी १५ हजार वरावरको चोरी भएको छ । यस्तै गुजरी देवी सदाको घरमा सिन खनेर वाकासमा राखेको ६० तोलाको चाँदीको गहना, सुन २ आना, नगद पाँच हजार गरी करिव ६० हजार धनमाल चोरी भएको छ । 
    यसैगरी सुखरी सदाको २० तोला चाँदी र लताकपडा गरी लगभग १६ हजार चोरी भएको जनाएको छ । चोरहरुले सियालाल सरदारको घरमा समेत केही गरगहना र लताकपडा चोरेको स्थानीयले वताएका छन । चोरहरुले वाँकास उठाएर लगी नजिकै खेतमा लगेर ताल्चा फोरी गरगहना, नगद लगायतका सरसामान लगेर वारीमा वाँकास छोडेको पीडितहरुले जानकारी दिएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?