दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सप्तरीको कंचनरूप नगरपालिका वडा नं. ११ ठेलीया टोलको बिहीबार राती नहरमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश नं.०२ –०१००१ त ००३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रत भई नहरमा पल्टीदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने १८ बर्षीय राम अशिष रामको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
त्यस्तै सो दुर्घटनामा ट्याक्टरमा सवार स्थानिय १६ बर्षीय कृष्ण साह, १७ बर्षीय बिशाल राम, १७ बर्षीय सुनिल कुमार राम र अग्निसाईर कृष्णसावरण गाउपालिका वडा नं.२ मटिगढा बस्ने २१ बर्षीय मदन साह घाइते भएको इलाका प्रहरी कायलय कंचनपुरले जनाएको छ ।
यता घाइते सबैको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कायर्यलाय सप्तरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
सारांश
- दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश नं.
- ०२ –०१००१ त ००३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रत भई नहरमा पल्टीदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
- ट्याक्टरमा सवार जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने १८ बर्षीय राम अशिष रामको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया