जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै

राजविराज राजविराज
|
बिहिबार, जेठ २४, २०८१
|
|
३३ पटक हेरिएको
Shares
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै

सारांश

  •     अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र, (इसिमोड) को सहयोग, नेपाली सेनाको वरख गणको समन्वय तथा सवल नेपाल राजविराजको आयोजनामा हाईग्रीड परियोजना अन्तर्गत चार दिने समुदायमा आधारित विपद व्यवस्थापन, विपद प्रतिकार्य तथा बाढी पूर्व सूचना प्रणालीको दिगोपना सम्बन्धि तालिम संचालनमा छ ।
  •       बाढीको उच्च जोखिममा रहेका रुपनी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, विपद व्यवस्थापन अधिकृत, सेना लगायत विभिन्न सरोकारवालालाई एकै ठाँउमा राखेर बाढी पूर्वतयारी स्वरुप विपद व्यवस्थापन सम्बन्धि अभ्यास र सचेतना तालिम संचालनमा रहेको छ ।
  •       उक्त कार्यक्रम विपदको सामना तथा बाढीबाट जोगिन र क्षति न्यूनिकरण गर्ने उद्देश्यले संचालनमा ल्याइएको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 

    विपद्का बेला आउने विभिन्न समस्या समाधानका लागी सबल नेपालको समन्वयमा सप्तरीका चार पालिकासहित सेना पनि जुटेको छ । 
    अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र, (इसिमोड) को सहयोग, नेपाली सेनाको वरख गणको समन्वय तथा सवल नेपाल राजविराजको आयोजनामा हाईग्रीड परियोजना अन्तर्गत चार दिने समुदायमा आधारित विपद व्यवस्थापन, विपद प्रतिकार्य तथा बाढी पूर्व सूचना प्रणालीको दिगोपना सम्बन्धि तालिम संचालनमा छ । 
    बाढीको उच्च जोखिममा रहेका रुपनी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, विपद व्यवस्थापन अधिकृत, सेना लगायत विभिन्न सरोकारवालालाई एकै ठाँउमा राखेर बाढी पूर्वतयारी स्वरुप विपद व्यवस्थापन सम्बन्धि अभ्यास र सचेतना तालिम संचालनमा रहेको छ । 
    उक्त कार्यक्रम विपदको सामना तथा बाढीबाट जोगिन र क्षति न्यूनिकरण गर्ने उद्देश्यले संचालनमा ल्याइएको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले बताए । 
    जेठ २५ सम्म चल्ने अभियानमा बिहीबार राजविराजस्थित बरख गणका जवानहरुले प्राकृतिक विपदको सामना गर्न पूर्वतयारी स्वरुप आवश्यक तालिम प्रशिक्षणका साथै कृत्रिम अभ्यास र कलाकौशल समेत प्रर्दशन गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?