राजविराज÷सप्तरीको हनुमाननगर १ स्थित सप्तकोशी नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन् ।
उनको शव अहिले पोष्टमार्टमका साथै सनाखत प्रयोजनका लागि गजेन्द्र नारायण सिंह अस्पतालको शव गृहमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले कोशी नदी आसपासका बासिन्दाका साथै सबैतिर मृतकको हुलिया विवरण पठाएर सनाखतको प्रयास गरिरहेको जानकारी दिएका छन् ।
कालोमा सेताको घर्सा भएको हाफपैन्ट र निलो हरियो टिसर्ट लगाएको अवस्थामा शुक्रबार कोशी व्यारेजको पुलदेखी करिब तीनसय मिटर टाढा अन्दाजी ४०÷४५ वर्षिय युवक मृत अवस्थामा फेला परेको थियो । मधेशी मूलका ती व्यक्तिको शव डुंगा चढेर गएका प्रहरी टोलीले नदीबाट निकालेका थिए ।
मृतकको शव गजेन्द्र नारायण सिंह अस्पतालको शवगृहमा ल्याई राखिएको तथा पोष्टमार्टम सकिएपछी मात्र मृत्युको कारण खुल्ने बताउँदै प्रहरी नायब उपरिक्षक काफ्लेले मृतकका आफन्त पत्ता लगाउने काम भइरहेको जनाए ।
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
सारांश
- कालोमा सेताको घर्सा भएको हाफपैन्ट र निलो हरियो टिसर्ट लगाएको अवस्थामा शुक्रबार कोशी व्यारेजको पुलदेखी करिब तीनसय मिटर टाढा अन्दाजी ४०÷४५ वर्षिय युवक मृत अवस्थामा फेला परेको थियो ।
- मधेशी मूलका ती व्यक्तिको शव डुंगा चढेर गएका प्रहरी टोलीले नदीबाट निकालेका थिए ।
- मृतकको शव गजेन्द्र नारायण सिंह अस्पतालको शवगृहमा ल्याई राखिएको तथा पोष्टमार्टम सकिएपछी मात्र मृत्युको कारण खुल्ने बताउँदै प्रहरी नायब उपरिक्षक काफ्लेले मृतकका आफन्त पत्ता लगाउने काम भइरहेको जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया