कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 

राजविराज राजविराज
|
आइतबार, पौष २०, २०८२
|
|
२० पटक हेरिएको
Shares
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 

सारांश

  •     पत्रिकाको काम सकेर मोटरसाईकल चढेर घरतर्फ जाँदै गर्दा शनिबार राती ८ बजेतिर हुलाकी सडक अन्र्तगत सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरीया चौक नजिकै अध्यक्ष कर्ण चढेको मोटरसाइकललाई नम्बर नखुलेको कारले ठक्कर दिएको थियो ।
  •       ठक्करबाट पत्रकार कर्ण चढेको प्र.
  • २–०१–००३प.

दैनिक समाचारदाता
राजविराज, २० पुस । 

    नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । 
    पत्रिकाको काम सकेर मोटरसाईकल चढेर घरतर्फ जाँदै गर्दा शनिबार राती ८ बजेतिर हुलाकी सडक अन्र्तगत सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरीया चौक नजिकै अध्यक्ष कर्ण चढेको मोटरसाइकललाई नम्बर नखुलेको कारले ठक्कर दिएको थियो ।  
    ठक्करबाट पत्रकार कर्ण चढेको प्र.२–०१–००३प.४४०३ नम्बरको मोटरसाईकल समेत क्षतिग्रस्त भएको छ । सप्तरीको रुपनी गाउँपालिका निवासी ५० वर्षिय कर्ण गोरखापत्र सप्तरीका सम्वाददाता हुन । 
    ठक्करबाट घाइते भएका उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गरिएको छ । उनको खुट्टा, हात र ढाडमा चोट देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । 
    ठक्कर दिने सेतो रंगको नम्बर नखुलेको कार लिएर चालक भागेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुृरीले जानकारी दिए । 
    प्रहरीले घट्नास्थलबाट ठक्कर दिने कारको चक्कामा प्रयोग गरिने एक थान निशान कम्पनीको रिमकोभर समेत बरामद गरेको छ । 
    दुर्घटनाको खबर पाएपछी घटनास्थलमा तत्कालै पुगेका पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले ठक्कर दिई फरार भएका चालक र गाडीको पत्ता लगाई कारवाही तथा घाइते पत्रकारको उपचार सहित क्षतिपुर्तीका लागी सकृय पहल गर्न स्थानीय प्रशासनसंग माँग गरेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
शम्भुनाथका मेयर र इन्जिनियर दोषि ठहर, जनही ६÷६ महिना कैद र जरिवाना
शम्भुनाथका मेयर र इन्जिनियर दोषि ठहर, जनही ६÷६ महिना कैद र जरिवाना
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह