चन्दनकुमार यादव
राजविराज, ८ पुस ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले बुधबार राजविराजमा बृहत प्रदर्शन गरेको छ ।
असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा गरिएको प्रदर्शनका क्रममा रेशम चौधरीको रिहाइको माग समेत गरिएको छ ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस नगर परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगि सभामा परिणत भएको थियो । सो प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग पनि गरिएको छ ।
जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विघटित प्रतिनिधिसभा सदस्य रेणु यादव, प्रदेशसभा सदस्य नेत्र विक्रम साह, अभिशेख यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, विद्यार्थी नेता शम्भु यादव, विकास तिवारी, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव लगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्र बिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए ।
उनीहरुले जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम खारेज तथा रेशम चौधरीको रिहाईको माग
सारांश
- असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा गरिएको प्रदर्शनका क्रममा रेशम चौधरीको रिहाइको माग समेत गरिएको छ ।
- स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस नगर परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगि सभामा परिणत भएको थियो ।
- सो प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग पनि गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया