दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
नेपाली काँग्रेस सप्तरीले आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
आईतवार नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अगुवाईमा राजविराज विभिन्न ठाउँमा प्रदर्शन गर्दै पक्राउ गरिएको कार्यकर्ताको रिहाइ माग गरेका छन् । उक्त विरोध प्रदर्शनमा प्रदेश सभा सदस्य मो. समिम, सचिव रामकुमार यादव, विष्णुपुर तथा राजगढ गाउँपालिकाका प्रमुख सहितको सहभागिता रहेको थियो ।
पार्टी कार्यालय राजविराजबाट निस्केको जुलुस पक्राउ परेका कार्यकर्ताको रिहाई माग्दै बजार क्षेत्रमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।
गत माघ २१ गते डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह सहित केही कर्मचारी माथि हातपात गरेको आरोपमा प्रहरीले सोही नगरपालिकाका निवासी अमरेन्द्र कुमार यादव, अर्जुन कुमार यादव र राजिव कुमार रायलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरुमाथि अमानविय व्यवहार अन्तर्गत मुद्दा चलाइएको बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला सभापति दिनेश यादवले आफ्ना कार्यकर्ता डाक्नेश्वरी नगरपालिकाका प्रमुख साहलाई भेट्न जाँदा उपप्रमुखका पति ओम प्रकाश यादवले आफ्ना कार्यकर्ता माथि दुव्र्यवहार गरेको तथा फसाउने नियतले उल्टै प्रहरीमा झुठो उजुरी दिएको दावी गरेका छन् ।
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
सारांश
- आईतवार नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अगुवाईमा राजविराज विभिन्न ठाउँमा प्रदर्शन गर्दै पक्राउ गरिएको कार्यकर्ताको रिहाइ माग गरेका छन् ।
- उक्त विरोध प्रदर्शनमा प्रदेश सभा सदस्य मो.
- समिम, सचिव रामकुमार यादव, विष्णुपुर तथा राजगढ गाउँपालिकाका प्रमुख सहितको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया