तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप

राजविराज राजविराज
|
सोमबार, श्रावण १८, २०७८
|
|
६३ पटक हेरिएको
Shares
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप

सारांश

  •     कारागार कार्यालय राजविराजका अनुसार आइतबारसम्ममा कारागारमा रहेका दुई ब्लकका गरि १३ महिलासहित ३ सय ५९ मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।
  •       एक सय २५ क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ५९ जना कैदीबन्दी राखिएका छन् ।
  • क्षमता भन्दा तेब्बर कैदीबन्दीलाई कोचाकोच गरि राख्दा व्यवस्थापन र सुरक्षा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढाएकाले कोरोना बिरुद्धको खोपलाई उच्च प्राथमिकता दिएको कारागार प्रशासनले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
    राजविराज कारागारमा रहेका कैदीबन्दी मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । 
    कारागार कार्यालय राजविराजका अनुसार आइतबारसम्ममा कारागारमा रहेका दुई ब्लकका गरि १३ महिलासहित ३ सय ५९ मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् । 
    एक सय २५ क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ५९ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दीलाई कोचाकोच गरि राख्दा व्यवस्थापन र सुरक्षा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढाएकाले कोरोना बिरुद्धको खोपलाई उच्च प्राथमिकता दिएको कारागार प्रशासनले जनाएको छ ।
    कारागारका खरीदार संजिव देवले एक जना कैदीबन्दीमा संक्रमण देखिने बित्तिकै अन्य पनि त्यसको चपेटामा पर्ने सम्भावना रहेकोले कारागारका कैदीबन्दीलाई धमाधम कोरोना बिरुद्धको खोप लगाउन थालिएको जानकारी दिए ।
    एकातिर क्षमता भन्दा तेब्बर कैदीबन्दीले साँघुरो बनेको भवन अर्कोतिर सीमित शौचालयका कारण कोरोनाको जोखिम बढेको उनको भनाई छ ।
    केही दिन यता कैद भुक्तानका लागि आएका नयाँ २०/२५ जना भने खोप लिन बाँकी रहेकोले उनीहरुलाई पनि छिट्टै खोप दिलाउन जिल्ला स्वास्थ्य कार्यालयसँग आवश्यक पहल थालिएको उनले बताए । 
    यता कारागारमा कोचाकोच गरि कैदीबन्दी राख्नु पर्दा सुरक्षा र व्यवस्थापनको चुनौतीसँगै सामाजिक दुरी र स्वास्थय मापदण्ड पालना गराएर राख्न पनि समस्या भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
बहुविवाहका आरोपी कारागार चलान
बहुविवाहका आरोपी कारागार चलान
वृद्धको रहस्यमय मृत्यु
वृद्धको रहस्यमय मृत्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
पिएम कपमा सप्तरीको दोस्रो जित
पिएम कपमा सप्तरीको दोस्रो जित
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
जागिरको प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने पक्राउ 
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो