बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण

सारांश

  •     राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा विहानैदेखि बोलबमको नाराले गुज्यमान बन्यो ।
  • २२ किलोमिटर टाढा रहेको सप्तकोशी नदीबाट काँवरमा पवित्र जल बोकेर पैदल यात्रा गरि आएका हजारौं भक्तजनद्वारा लगाइएको बोलबमको नाराले उक्त शिवालय क्षेत्रलाई गुञ्जयमान बनाएको थियो ।
  •     सप्तकोशी नदीबाट जल ल्याएर विहान ५ बजेदेखि ११ बजे सम्मको अवधिमा करिब दुई हजार जति भक्तालुले भगवान शिवलाई जल अर्पण गरेको मन्दिर समितिले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।

    महाशिवरात्रीको अवसरमा बुधबार सप्तरीका शिवालयहरुमा भक्तजनको घुईंचो लागेको छ । विशेष गरि सदमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ मन्दिरमा विहानै देखि घुईचो लागेको हो ।
    राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा विहानैदेखि बोलबमको नाराले गुज्यमान बन्यो । २२ किलोमिटर टाढा रहेको सप्तकोशी नदीबाट काँवरमा पवित्र जल बोकेर पैदल यात्रा गरि आएका हजारौं भक्तजनद्वारा लगाइएको बोलबमको नाराले उक्त शिवालय क्षेत्रलाई गुञ्जयमान बनाएको थियो ।
    सप्तकोशी नदीबाट जल ल्याएर विहान ५ बजेदेखि ११ बजे सम्मको अवधिमा करिब दुई हजार जति भक्तालुले भगवान शिवलाई जल अर्पण गरेको मन्दिर समितिले जनाएको छ ।
    शिवरात्रीका दिन शिवालयमा दुधजल बेलपत्र लगायतका सामग्री अर्पण गर्नु धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएकाले प्रत्येक बर्ष काँवर लिएर आउने भक्तजनको संख्या बढ्दै गएको समितिको भनाई छ ।
    उक्त मन्दिरमा आउने दर्शनार्थीहरुका लागि मन्दिर व्यवस्थापन समितिका साथै विश्व हिन्दु युवा परिषद, सामुदायिक सेवा मञ्च र जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्था र कार्यालय मिलेर सुविधा प्रदान गरेका थिए । 
    यता महाशिवरात्री कै अवसरमा बुधबार ब्रहमाकुमारी राज्य योग सेवा केन्द्र राजबिराजद्वारा शान्ति यात्रा निकालिएको थियो । 
    सेवा केन्द्रको भवनबाट निकालिएको शान्ति यात्रामा मधेश प्रदेश सभासदस्य तथा पूर्व शिक्षा मन्त्री महेश प्रसाद यादवसहितको ब्रह्माकुमारी सेवा केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
महाशिरात्रीको तयारी तिब्र
महाशिरात्रीको तयारी तिब्र
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
यात्रु प्रतिक्षालय हस्तान्तरण
यात्रु प्रतिक्षालय हस्तान्तरण
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ 
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ