दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सोमबारदेखी सप्तरीको छिन्नमस्ता मन्दिरमा धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरिएको छ ।
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो ।
सुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहाभागिता रहेको छ । आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहनु भएका प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकका लागि अझ आवश्यक रहेको कुरालाई दृष्टिगत गरि उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताए ।
नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा करिब १३ वर्ष अघि प्रतयारोपित मृगौलालई शरीरले अस्विकार गरेसँगै प्रधानमन्त्री ओलीकोृ नयाँ मृगौला प्रतयारोपन गर्ने तयारी गरिएको हो ।
श्रोतका अनुसार प्रधानमन्त्रीको दोश्रो पटकको मृगौला प्रत्यारोपन कार्य आगामी बुधबार राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि दुई दिने धार्मिक अनुष्ठान
सारांश
- सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो ।
- सुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहाभागिता रहेको छ ।
- आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहनु भएका प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकका लागि अझ आवश्यक रहेको कुरालाई दृष्टिगत गरि उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया