दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलामा तिलाठी कोइलाडी जायन्टस र टिभीएस किंग्स राजविराजले जित हात पारेको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टसले बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गर्दै बजाज खडक वारियर्सले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो । वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए ।
तिलाठी कोइलाडी जायन्टसका आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए । राशिद खान र दिपेश कंडेलले समान २ विकेट लिए ।
एक सय रनको लक्ष्य पाएका तिलाठी कोइलाडी जायन्टसले १७.४ ओभरमा ६ विकेट क्षतीमा पुरा गरेको थियो । जसमा आशिष झाले सर्वाधिक ६५ रन बनाए भने दिपेश कंडेलले अविजित १३ रन बनाएका थिए ।
बलिङतर्फ बजाज खडक वारियर्सका भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १/१ विकेट लिए । सो खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा चुनिए ।
यस्तै दोश्रो खेलमा टिभीएस किंग्स राजविराजले बोदेबर्साईन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्यो । टिभीएस किंग्स राजविराजले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदेबर्साईन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा पहिले ब्याटिंग गरेको बोदेबर्साईनले मात्र ४ रन बनाएको थियो । ५ रनको लक्ष्य टिभीएस किंग्सले ३ बलमा भेटायो ।
बोदेबर्साईन थन्डर्सको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४६ रन बनाए । यस्तै अविनाश कर्णले ४३ बलमा ४ चौका मद्दतले ४२ रन बनाए । नारायण जोशीले २२ रन तथा अमित दासले १७ रन बनाए ।
टिभीएस किंग्सको बलिंगमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुबआलम र सुरज कुर्मीले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा७विकेट क्षेतीमा १ सय ५६ रन बनाएको थियो ।
टिभीएस किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन, सोनु अन्सारीले ३० रन, सुरज प्रसाद कुर्मीले २५ रन, प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १० रन बनाए ।
बोदेबर्साईन् थन्डर्सको बलिंगमा बिशाल सुश्लिंग, बसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच दिनेश अधिकरी चुनिए ।
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
सारांश
- सोमबार सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टसले बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ ।
- टस जितेर पहिलो ब्याटिङ गर्दै बजाज खडक वारियर्सले १९.
- ३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया