सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १७, २०७८
|
|
७२ पटक हेरिएको
Shares
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो

सारांश

  •     अघिल्लो दिन बिहीबार १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परे भने शुक्रबार ४९ जनाको परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       पछिल्लो पटक स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परिक्षणले राजविराज नगरपालिकाका ३ महिलासहित सर्वाधिक १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  •       यस्तै डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, खडग नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 
    सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो पटक बिहीबार र शुक्रबारगरि २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ७६ पुगेको छ ।   
    अघिल्लो दिन बिहीबार १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परे भने शुक्रबार ४९ जनाको परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    पछिल्लो पटक स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परिक्षणले राजविराज नगरपालिकाका ३ महिलासहित सर्वाधिक १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
    यस्तै डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, खडग नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले बताए । 
    बिहीबार संक्रमण पुष्टि भएका ७ मध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेका छन् । सबै संक्रमितलाई अहिले होमआइसोलेशनमै व्यवस्थापन गरिएको उनले जानकारी दिए । 
    यस्तै अघिल्लो दिन एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक
कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
म्याक्सेल बिजयी मोहत्सव मनायो
म्याक्सेल बिजयी मोहत्सव मनायो
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही