दैनिक समाचारदाता
राजविराज, २१ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरी क्षेत्र नं. २ ले पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र जयप्रकाश ठाकुरको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
यसअघि सोमबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सप्तरी क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका सिफारिस भएको छ ।
क्षेत्रिय अध्यक्ष महेन्द्र खंगको अध्यक्षतामा मंगलबार बसेको बैठकले राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र नेता जयप्रकाश ठाकुरको नाम सिफारिस गरेको हो ।
त्यस्तै सोही बैठकले क्षेत्र नं. २ को क बाट प्रदेशसभा सदस्यमा बिनोद कुमार सिंह र सरोज कुमार मण्डलको नामा सिफारिस गरेको छ भने प्रदेशसभा ख बाट शैलेश कुमार चौधरी, डा. शरद सिंह यादव, बिनोद कुमार, शम्भु प्रसाद यादव र राजकुमार लाल दासको नाम सिफारिस गरिएको क्षेत्रिय अधयक्ष खंगले बताए ।
यसैगरि सोही बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ वर्तमान सांसद दुलारी खंग, अमरकान्त झा, डा. हेमकुमार मिश्र, पवित्री देवी र लिला गुप्ताको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेशसभा क बाट समानुपातिकमा केशव झा, बिनोद कुमार सिंह, उषा कुमारी, लक्ष्मी प्साद मण्डल खत्वे, बिनोद कुमार मण्डल, रिका कुमारी महतो, महेन्द्र खंग खत्वे, भोला प्रसाद मुखिया, बिनादेवी राय र मानती देवी सदाको नाम सिफारिस भएको हो ।
यसैगरि प्रदेशसभा ख बाट पुनम कुमारी यादव, रेणुकुमारी मण्डल, कृष्ण प्रसाद सिंह, ललन मिश्र, अम्रिकलदेवी यादव, लक्ष्मीदेवी साफी, रिना झा, मो. इझारुल, तपन्नुम वानो, करिनारायण देव बैश्य, रामअशिष प्रसाद साह र उजला सरवगियाको नामा सिफारिस भएको छ ।
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सारांश
- यसअघि सोमबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सप्तरी क्षेत्र नं.
- ३ को प्रतिनिधिसभा सदस्यका सिफारिस भएको छ ।
- क्षेत्रिय अध्यक्ष महेन्द्र खंगको अध्यक्षतामा मंगलबार बसेको बैठकले राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र नेता जयप्रकाश ठाकुरको नाम सिफारिस गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया