म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
२१ पटक हेरिएको
Shares
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका छन् ।
  •       मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधमका अनुसार प्रदेशको ८ वटै जिल्लामा ११ हजार ८ सय २७ महिला र ५५ हजार ५७ पुरुष गरि ६६ हजार ८ सय ८४ जनाको आवेदन परेको छ ।
  •       प्रदेश प्रहरीका अनुसार सिरहा जिल्लाबाट १ हजार २ सय ९९ महिला र ५ हजार ५ सय २० पुरुष गरि ६ हजार ८ सय १९, धनुषाबाट १ हजार १ सय २५ महिला र ६ हजार ७ सय ९ पुरुष गरि ७ हजार ८ सय ३४, महोत्तरीबाट १ हजार ३ सय ३३ महिला र ५ हजार ९ सय ३९ गरि ७ हजार ३ सय २, सर्लाहीबाट १ हजार ५ सय ७० महिला र ७ हजार ९३ पुरुष गरि ८ हजार ६ सय ६३ जना पुरुषले आवेदन परेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका छन् । 
    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधमका अनुसार प्रदेशको ८ वटै जिल्लामा ११ हजार ८ सय २७ महिला र ५५ हजार ५७ पुरुष गरि ६६ हजार ८ सय ८४ जनाको आवेदन परेको छ । 
    प्रदेश प्रहरीका अनुसार सिरहा जिल्लाबाट १ हजार २ सय ९९ महिला र ५ हजार ५ सय २० पुरुष गरि ६ हजार ८ सय १९, धनुषाबाट १ हजार १ सय २५ महिला र ६ हजार ७ सय ९ पुरुष गरि ७ हजार ८ सय ३४, महोत्तरीबाट १ हजार ३ सय ३३ महिला र ५ हजार ९ सय ३९ गरि ७ हजार ३ सय २, सर्लाहीबाट १ हजार ५ सय ७० महिला र ७ हजार ९३ पुरुष गरि ८ हजार ६ सय ६३ जना पुरुषले आवेदन परेको छ । 
    यस्तै रौतहटबाट १ हजार १ सय ६३ महिला र ७ हजार ४ सय २० पुरुष गरि ८ हजार ५ सय ८३, बाराबाट २ हजार ४ सय ६६ महिला र ८ हजार ९ सय ३९ पुरुष गरि ११ हजार ४ सय ५ तथा पर्साबाट १ हजार २ सय ४८ महिला र ६ हजार ७० पुरुष गरि ७ हजार ३ सय १८ जनाले म्यादीका लागि आवेदन दिएको जनाइएको छ ।
    सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि भदौ ३० देखी असोज ६ गतेसम्म आवेदन दिन समय तोकेको थियो । 
    गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् । छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलब÷भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
फरार प्रतिवादी सरदार पक्राउ
फरार प्रतिवादी सरदार पक्राउ
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी