पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 

राजविराज राजविराज
|
शनिबार, पौष १६, २०७९
|
|
१८ पटक हेरिएको
Shares
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 

सारांश

  •     शनिवार सम्पन्न फाइनल खेलमा पिसल्याण्डले लिटिल एन्जलस विद्यालयलयाई पराजित गर्दै बिजेता भएको हो ।
  •       पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको अन्तिम प्रतिस्पर्धामा लिटिल एन्जलसलाई ५० रनले पराजित गर्दै पिसल्याण्डले उपाधि जित्यो ।
  •       टस जितेर ब्याटिङ्ग रोजेको पिसल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५४ रनको चुनौती पेश गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 

    अन्तरविद्यालय डबल राउण्ड रोविन क्रिकेट प्रतियोगिताको बिजेता पिसल्याण्ड विद्यालय भएको छ । 
    शनिवार सम्पन्न फाइनल खेलमा पिसल्याण्डले लिटिल एन्जलस विद्यालयलयाई पराजित गर्दै बिजेता भएको हो । 
    पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको अन्तिम प्रतिस्पर्धामा लिटिल एन्जलसलाई ५० रनले पराजित गर्दै पिसल्याण्डले उपाधि जित्यो । 
    टस जितेर ब्याटिङ्ग रोजेको पिसल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५४ रनको चुनौती पेश गरेको थियो । १ सय ५५ रनको विजय लक्ष्य पछ्याएको लिटिल एन्जेलसले १५ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो । 
    फाइनल खेलको म्यान अफ द म्याच विजेता पिसल्याण्डका मनु दास घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर क्रिकेट विकास प्रतिष्ठानका विशाल यादव, वेष्ट वोलर लिटिल एन्जेलसका शिव दास र म्यान अफ द सिरिज लिटिल एन्जेलसकै कर्ण बहादुर विक चुनिए ।
    प्रतियोगिता समाप्ति पछि आयोजक क्रिकेट विकास प्रतिष्ठान राजविराजका अध्यक्ष ईन्द्र नारायण देवको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख ईशरत प्रवीण, जिल्ला क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, एम्पायर तथा स्कोरर संघका जिल्ला अध्यक्ष निरज सिंह, स्कोरर शम्भु दास, नेपाल खेलकुद पत्रकार मञ्चका जिल्ला अध्यक्ष मनोज कुमार माझी, समाजसेवी गोविन्द कावरा, रमेश शारदा, अरुण शारदा लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा 
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा 
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै