दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. २ स्थित कदमाहा–गाईघाट सडक खण्डबाट स्रोत नखुलेको २३ लाख नगद सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं. ५ का २८ वर्षीय गाडी चालक किरण सिटौला र सोही गाडीमा सवार १९ वर्षीय धिरज प्रसाई रहेका छन् ।
आईतबार राति ८ः५० बजे इलाका प्रहरी कार्यालय भेडिया कार्यालय अगाडीको चेकपोस्टमा खटिएको टोलीले सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–कदमाहा सडक खण्डमा चेकजाँच गर्ने क्रममा बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी रोकेर चेकजाँच गर्दा नगद २३ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले गाडी, रकम, दुई थान मोबाईल र दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार सोही गाडीबाट साइकलमा हावा भर्ने पम्प एकसय थान, इलेक्ट्रिक रिक्साको मोटर तीन थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री तीन थान, इलेक्ट्रिक ब्याट्री चार्जर ७ थान र ब्याट्री टेस्टर थान एक थान गरी ६० मुल्य बराबरको सामान समेत नियन्त्रणमा लिईएको छ ।
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
सारांश
- जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.
- २ स्थित कदमाहा–गाईघाट सडक खण्डबाट स्रोत नखुलेको २३ लाख नगद सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
- पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया