बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु

राजविराज राजविराज
|
सोमबार, कार्तिक २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु

सारांश

  •     सो गाउँपालिकामा जनप्रतिनिधि आउनु अघि ४ टोलमा विद्युतीकरण भएको थियो भने एक हप्ता अघि ४ वटा टोलमा विद्युतीकरण गर्ने कार्य सम्पन्न भई विद्युत सूचारु भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।
  •       वडा नं.
  • १ को कमलदाहा र झिझाह टोल तथा वडा नं.

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
    सप्तरीको बलान बिहुल गाउँपालिकास्थित ६ वटा वडाको २४ टोल मध्ये १६ वटा टोलमा पूर्ण रुपले विद्युतीकरण कार्य सम्पन्न भएको छ । 
    सो गाउँपालिकामा जनप्रतिनिधि आउनु अघि ४ टोलमा विद्युतीकरण भएको थियो भने एक हप्ता अघि ४ वटा टोलमा विद्युतीकरण गर्ने कार्य सम्पन्न भई विद्युत सूचारु भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् । 
    वडा नं. १ को कमलदाहा र झिझाह टोल तथा वडा नं. २ को चन्ही र पथराहा टोलमा विद्युतीकरण सम्पन्न भएको छ । ती टोलहरुमा एक साताको निरन्तर प्रयास पश्चात् विद्युत सूचारु भएको छ । 
    अध्यक्ष गोइतका अनुसार २० टोलमा विद्युतीकरणका लागि पोलिङ, वायरिङ र ट्रान्सफर्मर खरीद गर्नका लागि ३ करोड २१ लाखमा टेण्डर गरिएको छ । यद्दपी ट्रान्सफर्मर उपभोक्ता समिति मार्फत खरीद गरिएको उनले जानकारी दिए । २० वटा टोलका लागि १०० केभीको ८ र ५० केभीको ७ वटा ट्रान्सफर्मर समेत खरीद गरिसकेको अध्यक्ष गोइतको भनाई छ । 
    यता साउन महिनामा नेपाल विद्युत प्राधिकरण राजविराज वितरण शाखालाई ३ हजार ५ सय विद्युत मिटर उपलब्ध गराउथपस्न पत्राचार गरिए पनि हालसम्म १ सय मिटर मात्र उपलब्ध भएको अध्यक्ष गोइतले जानकारी दिए । गाउँपालिकामा जम्मा ४ हजार विद्युत मिटरको आपूर्ती रहेपनि उपभोक्ताले निवेदन दिन ढिलाई र विभिन्न राजनीतिक कारणले मिटर जडान हुन नसकेको अध्यक्ष गोइतको भनाई छ ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार झाको निधन
पत्रकार झाको निधन
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
नगरको सडक, फोहर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न ज्ञापन 
नगरको सडक, फोहर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न ज्ञापन 
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
एकै रात दुई पसलमा लाखौंको चोरी
एकै रात दुई पसलमा लाखौंको चोरी