दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा कटी बस्ने ३१ वर्षिय विश्व कुमार यादव छन् । बिहीबार साँझ घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका यादवलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डिएसपी माधव काफ्लेका अनुसार २०६९ चैत १५ गते साढेगोरुलाई बाधेको विषयमा विवाद हुँदा यादवले सोही वडा निवासी ललिता चामलिङलाई मर्नासन्न हुनेगरि कुटपिट गरेका थिए ।
कुटपिटबाट महिलाको टाउँको फुट्नुका साथै देब्रे हात समेत भाचिएको थियो । उक्त कुटपिट मुद्दा उपरको सुनवाईमा सप्तरी जिल्ला अदालतले २०७१ पुस ८ गते २ वर्ष कैद सजायको फैसला गरेको थियो । घटनापछि यादव फरार भएका थिए ।
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा कटी बस्ने ३१ वर्षिय विश्व कुमार यादव छन् ।
- बिहीबार साँझ घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका यादवलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- डिएसपी माधव काफ्लेका अनुसार २०६९ चैत १५ गते साढेगोरुलाई बाधेको विषयमा विवाद हुँदा यादवले सोही वडा निवासी ललिता चामलिङलाई मर्नासन्न हुनेगरि कुटपिट गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया