दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा कटी बस्ने ३१ वर्षिय विश्व कुमार यादव छन् । बिहीबार साँझ घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका यादवलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डिएसपी माधव काफ्लेका अनुसार २०६९ चैत १५ गते साढेगोरुलाई बाधेको विषयमा विवाद हुँदा यादवले सोही वडा निवासी ललिता चामलिङलाई मर्नासन्न हुनेगरि कुटपिट गरेका थिए ।
कुटपिटबाट महिलाको टाउँको फुट्नुका साथै देब्रे हात समेत भाचिएको थियो । उक्त कुटपिट मुद्दा उपरको सुनवाईमा सप्तरी जिल्ला अदालतले २०७१ पुस ८ गते २ वर्ष कैद सजायको फैसला गरेको थियो । घटनापछि यादव फरार भएका थिए ।
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा कटी बस्ने ३१ वर्षिय विश्व कुमार यादव छन् ।
- बिहीबार साँझ घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका यादवलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- डिएसपी माधव काफ्लेका अनुसार २०६९ चैत १५ गते साढेगोरुलाई बाधेको विषयमा विवाद हुँदा यादवले सोही वडा निवासी ललिता चामलिङलाई मर्नासन्न हुनेगरि कुटपिट गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया