जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण 

राजविराज राजविराज
|
मंगलबार, भाद्र १०, २०८२
|
|
२० पटक हेरिएको
Shares
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण 

सारांश

  •     सामाजिक सुरक्षा भत्ता पाउने योग्य लाभग्राही मध्ये बृद्धबृद्धा र असक्त नागरिकहरुले नवीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले नगरपालिकाले घरदैलो अभियान सुरु गरेको हो ।
  •     पहिलो दिन राजविराज नगरपालिका ७ की १ सय २ वर्षिया बचिया देवी यादव र ८१ वर्षिया जगदम्बा देवी देवको घर मै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरिएको हो ।
  •       भदौ मसान्त भित्र कार्ड नविकरण नगराए सरकारबाट पाउने उक्त सेवा सुविधाबाट बञ्चित हुने भएकाले बृद्ध बृद्धा र शारिरीक रुपमा अशक्तको घर मै पुगेर नविकरण कार्य सूरु गरिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।

दैनिक समाचारदाता
राजविराज, १० भदौ । 

    राजविराज नगरपालिकाले जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घर–घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण गर्ने घरदैलो अभियानको सुरु गरेको छ ।
    सामाजिक सुरक्षा भत्ता पाउने योग्य लाभग्राही मध्ये बृद्धबृद्धा र असक्त नागरिकहरुले नवीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले नगरपालिकाले घरदैलो अभियान सुरु गरेको हो ।
    पहिलो दिन राजविराज नगरपालिका ७ की १ सय २ वर्षिया बचिया देवी यादव र ८१ वर्षिया जगदम्बा देवी देवको घर मै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरिएको हो । 
    भदौ मसान्त भित्र कार्ड नविकरण नगराए सरकारबाट पाउने उक्त सेवा सुविधाबाट बञ्चित हुने भएकाले बृद्ध बृद्धा र शारिरीक रुपमा अशक्तको घर मै पुगेर नविकरण कार्य सूरु गरिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन । वडा नं. ७ बाट सुरु भएको यो अभियान भदौ मसान्त भित्र क्रमिकरुपमा नगरका सबै १६ वटै वडामा पुग्ने उनको कथन छ । 
    बढ्दो उमेर तथा शारिरीक रुपमा अशक्त भई हिडडुल गर्न नसकि नविकरणका लागी वडा कार्यालय पुग्न न सक्नेहरुको पहिचान र अवस्थाबारे समेत जानकारी लिई नविकरण गर्न थालिएको उनले सुनाईन । 
    कार्यवाहक नगर प्रमुख परवीनको नेतृत्वमा पहिलो दिन वडा न ७ मा नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख रविन्द्र साह, वडा सचिव अमरनाथ दत्त, वडा सदस्य रामानन्द देव सहितको टोलीले उनीहरुको घर मै पुगेर कार्ड नविकरण गरेको छ । 
    वडा सदस्य रामानन्द देवले दुर्घटनामा परेर तिघ्राको हडी भाचि स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारका लागी भर्ना रहेका हरिनारायण लाल देवलाई बुधवार अस्पताल मै पुगी टोलीले स्वस्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनको समाजिक सुरक्षा भत्ता कार्ड नविकरण गर्ने तयारी गरिएको जानकारी दिए । यसका लागी विरामी देवका आफन्त र अस्पताल प्रशासनलाई जानकारी समेत गराइएको उनले बताए । 
    सरकारबाट जेष्ठ नागरिक तथा अशक्त अपाङ्गलाई प्रदान गरिएको उक्त सेवा सुविधाबाट कोही पनि बञ्चित नहोस भन्ने उदेश्यका साथ नविकरण कार्यलाई घरदैलो कार्यक्रमको रुपमा अघि बढाइएको राजविराज नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
धान रोपेर दिवस मनाइयो
धान रोपेर दिवस मनाइयो