दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनास्थित सकडखण्डमा शनिबार राति भएको दुर्घटनामा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको हो ।
सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना.४ख. २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा ना.४ख. २४४१ नम्बरको ट्याङ्करले ती महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने ट्याङ्कर र चालक मोरङ विराटनगर महानगरपालिका ४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु
सारांश
- बाराको आदर्श कोतवाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको हो ।
- सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना.
- ४ख.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया