सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता

राजविराज राजविराज
|
मंगलबार, मंसिर २०, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता

सारांश

  •     मंगलबार मात्र डा.
  • राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
  • उनी शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 

    सप्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई दिनहुँ भेटवार्ता गर्दैछन् । 
    मंगलबार मात्र डा. राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनी शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
    पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् । 
    प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको जनमत पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाँच सिट पाउने देखिएको छ । जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् ।
    सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत जनकपुर हुँदै मंसिर १३ गते काठमाडौं पसे । काठमाडौँ पसेलगत्तै उनले विभिन्न पार्टीका नेतासँग भेटघाट गरेका छन् ।


    संघ तथा प्रदेशको सत्ताको साँचो आफूसँग रहेको दावी गर्दै उनी सत्ता सहकार्यका लागि नेताहरुको घरघर पुगेर संवाद गरिरहेका छन् । उनले विभिन्न दलका १० जना नेतालाई भेटिसकेका छन् । यद्यपि यो तथ्याङ्कमा अध्यक्ष राउतको सचिवालयले सार्वजनिक गरेको भेटघाट मात्र समेटिएको छ, यस बाहेक पनि उनले थुप्रै भेटघाट गरेका छन् ।
    सत्ता सहकार्यका लागि विभिन्न कोणबाट छलफल सुरु भइरहेको समयमा अध्यक्ष राउतको यो खालको भेटघाटलाई चासोपूर्वक हेरिएको छ । अझ महत्त्वपूर्ण त यो छ कि राउतले अहिलेसम्म जतिजनालाई भेटेका छन्, ती सबै सत्ता गठबन्धनमा रहेका तथा त्यस निकट रहेका नेतामात्र छन् ।
    जनमत पार्टीका नेताहरुले यो भेटघाट सामान्य रहेको दाबी गरिरहेका छन् । अध्यक्ष राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अन्य नेताहरुसँग बधाई तथा शुभकामना साटासाटका लागि मात्र यो भेटघाट भइरहेको उनीहरुको दाबी छ ।
    राउतले जेलमा रहेका रेशम चौधरीदेखि लिएर तीन जना पूर्वप्रधानमन्त्री तथा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले भेट्न बाँकी छ । उनीहरुसँग पनि एक दुई दिनमा भेट गर्ने उनका पार्टीका नेताहरु बताउँछन् ।
    मंसिर १३ गते काठमाडौं आउने क्रममा जनकपुर विमानस्थलमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग अध्यक्ष सीके राउतको भेट भएको थियो । 
    अध्यक्ष राउत सत्ता गठबन्धनलाई सघाउनेमा प्रतिवद्ध भएपछि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग मंसिर १५ गते बालुवाटारमा भेटेका थिए ।
    बालुवाटारको भेटमा अध्यक्ष राउतले सत्ता गठबन्धनले बनाउने सरकारलाई सघाउने प्रतिवद्धता जनाएको कांग्रेस नेता निधिले सार्वजनिक गरिसकेका छन् । 
    त्यही दिन अध्यक्ष राउतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणसँग छुटुटाछुट्टै भेट गरेका थिए । सन्दर्भ चुनाव जितेपछि शुभकामना तथा बधाई साटासाट रहे पनि भेटघाटको मुख्य विषय सत्ता सहकार्य नै थियो । 
    त्यसको भोलिपल्ट मंसिर १७ गते अध्यक्ष राउतलाई उनकै पार्टीले काठमाडौंमा बधाई तथा शुभकामनाका लागि कार्यक्रम आयोजना गरेको थियो । त्यसको भोलिपल्ट मंसिर १८ गते जनमतका अध्यक्ष राउतले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सो पार्टीका प्रवक्ता डा.प्रकाशरण महतलाई छुट्टाछुट्टै भेटेका थिए । सो भेटको प्रयोजन पनि सत्ता सहकार्य नै थियो । त्यहाँ पनि उनले सत्ता गठबन्धनलाई सघाउने प्रतिवद्धता जनाएका थिए ।
    मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगेका थिए । जेलमा बधाई तथा शुभकामना साटासाट गरेपछि सत्ता सहकार्यबारे दुवै जनाको बीचमा कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए ।
    अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भटरााई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लोसपाका नेता शरतसिंह भण्डारीलगायत छुट्टाछुट्टै भेटिसकेका छन् । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेका छन् । 
    यता जनमत पार्टीका महासचिव चन्दन सिंहले यी सबै भेटघाट सामान्य रहेको दाबी गर्दै आएका छन् । सरकार निर्माण तथा सत्ता सहकार्यका लागि चहल पहल भइरहेको बेला नेताहरु बीच भेट हुँदा त्यस विषयमा कुराकानी हुनु सामान्य भए पनि अध्यक्ष राउतले कसैलाई कुनै प्रकारको आश्वासन नदिएको उनले बताए । 
    जनमत पार्टी संघीय सरकारदेखि लिएर मधेस प्रदेश सरकारमा सहभागी हुनका लागि पनि इच्छुक रहेको राजनीति बृतमा निकै चर्चा रहेको छ । विभिन्न अनलाईनको सहयोगमा यो समाचार तयार पारिएको । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव
भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
नाम झैं सबल बन्दै सबल नेपाल
नाम झैं सबल बन्दै सबल नेपाल
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन