राससले पायो लालपुर्जा

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
राससले पायो लालपुर्जा

सारांश

  •     सञ्चार सम्बन्धी गतिविधि गर्दे आएको राससको राजविराज ३ मा शाखा कार्यालय रहेको छ ।
  • दुई कठ्ठा दुई धुर जग्गामा राससको चारकोठे भवनमा विगत तीन दशकदेखि कार्यालय सञ्चालन हुँदै आएको छ ।
  •     जिल्ला प्रशासन कार्यालय सप्तरीमा एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी किरण थापाले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई जग्गाधनी दर्ताको प्रमाण पुर्जा हस्तान्तरण गरे ।

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 

    राष्ट्रिय समाचार समिति (रासस) को राजविराजस्थित कार्यालयले शुक्रबार जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेको छ ।
    सञ्चार सम्बन्धी गतिविधि गर्दे आएको राससको राजविराज ३ मा शाखा कार्यालय रहेको छ । दुई कठ्ठा दुई धुर जग्गामा राससको चारकोठे भवनमा विगत तीन दशकदेखि कार्यालय सञ्चालन हुँदै आएको छ ।
    जिल्ला प्रशासन कार्यालय सप्तरीमा एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी किरण थापाले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई जग्गाधनी दर्ताको प्रमाण पुर्जा हस्तान्तरण गरे ।
    जग्गा धनी प्रमाण पुर्जा बुझ्दै राससका कार्यकारी अध्यक्ष झाले ढिलो भएपनि राससको आफ्नै कार्यालय भवनका लागि जग्गा उपलब्धमा सहयोग गर्ने सबै व्यक्ति र निकाय धन्यवादको पात्र रहेको बताए ।
    लालपुर्जा हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत भिमराव बस्नेत, रासस सप्तरीका प्रमुख शम्भु प्रसाद यादव, राससकर्मी अरुण यादव, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझीको पनि उपस्थिति रहेको थियो ।
    बि.स. २०६५ साल आसार १३ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेको अध्यक्षतामा रहेको भोगाधिकार समिति (स्थानिय सिफारिश समिति) ले उक्त जग्गा रासस कार्यालयलाई उपलब्ध गराउने गरी सम्पूर्ण प्रक्रिया पुरा गरी भूमि सुधार व्यवस्था विभागमा पत्राचार गरेको थियो । 
    विभागले २०६६ पौष ३० गते राससको नाममा उक्त जग्गाको जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराई सहयोग गरिदिने व्यवस्थाका लागि नापी कार्यालय शाखा राजविराजलाई पत्राचार गरेको थियो । तर, प्रक्रिया लम्बिदा पत्राचार भएको झण्डै १५ बर्षपछि रासस कार्यालयले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेको हो ।
    राससका कार्यकारी अध्यक्ष झा शुक्रबार नै राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन संग पनि भेटघाट गर्दै राजविराजस्थित रासस कार्यालयको जिर्ण भवन मर्मत सम्भारमा सघाउन आग्रह गरेका छन् । 
    उनले सञ्चार क्षेत्रमा राससको भूमिका, महत्व र वर्तमान समयमा भोग्नु परिरहेको समस्याबारे विस्तृत जानकारी गराउँदै स्थायिन सरकारको हैसियतले नगरपालिकाबाट गर्न सकिने  सहयोग बारे छलफल समेत गरेका छन् । 
    सो क्रममा कार्यवाहक नगरप्रमुख परवीनले आफूले नगरपालिकाको साधन श्रोतले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो
खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८