राजविराज÷सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले केही विपक्षीहरुले सामाजिक सञ्चालको दूरुपयोग गर्दै श्रृंखलाबद्ध रुपमा गलत सुचना प्रवाह र अफवाह फैलाउने काम गरिरहेको गुनासो गरेका छन् ।
गाउँपालिका कार्यालयको सभाकक्षमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले गुनासो पोख्दै आफु विरुद्ध विपक्षीले फैलाउने गरेको अफवाह प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।
उनले केही दिन अघि स्थानीय एक विपक्षीले आफु माथी मोवाईल र नगद लुटपाट गरेको झुटो आरोप सहित प्रहरीमा उजुरी दिने प्रयास गरेको र सो विषयलाई समाजिक सञ्जाल मार्फत समेत बढाई चढाई प्रचारबाजी गरी आफ्नो चरित्र हत्यको प्रयास गरेको दाबीका साथ आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको बताए ।
कहिले कार्यालयको गाडी दुर्घटनामा पर्दा त कहिले स्थानीय ब्यक्तीहरुबाटै दुब्र्यवहार हुदा ती विपक्षीले झुठो प्रचारबाजी संगै सोझै आफु माथी भ्रामक प्रचारबाजीमा लाग्ने गरेको उनको भनाई छ ।
गाउँपालिकाको विकासका लागी जोश जाँगरका साथ जुटेका वेला समय समयमा फैलाइएने यस्ता अफवाहरुले आफुलाई निराश तुल्याउने गरेपनि विचलीत भने नभएको र जनताको साथ सहयोगबाट अघि बढीरहेको उनको भनाई छ । उनले यसरी अफवाह फैलाउने ब्यक्ती आफुले पद सम्हाले देखि नै विभिन्न विषयम झुटो आरोप लगाउने गरेको बताए ।
उनले आफुलाई असफल बनाउन र गाउँपालिकालाई कालो सुचीमा पार्न विपक्षी लागी परेको जनाउदै त्यस्तालाई गाउपालिकाको हितमा नमुना काम गरेर परास्त पारेरै छाड्ने दृढता ब्यक्त गरे ।
आफुलाइ बदनाम गर्ने नियतले झुठा प्रचारबाजीमा उत्रेकाहरु उपर छानवीन र कारवाही हुनु पर्ने उनले मागँ समेत गरेका छन् ।
एक अर्काे प्रसंगमा उनले छोटो समय मै कर्मचारी सरुवा हुनु र सो ठाउँका अर्काे कर्मचारी ल्याउन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता रहेको बताउदै यस्तो रवैयाले कार्यालयको दैनिकी कामकाज मात्र नभई विकास निर्माणका काम समेत प्रभावित हुने गरेको सुनाए ।
आफूलाई बदनाम गर्न श्रृंखलाबद्ध रुपमा गलत सुचना प्रवाह ः अध्यक्ष यादव
सारांश
- कहिले कार्यालयको गाडी दुर्घटनामा पर्दा त कहिले स्थानीय ब्यक्तीहरुबाटै दुब्र्यवहार हुदा ती विपक्षीले झुठो प्रचारबाजी संगै सोझै आफु माथी भ्रामक प्रचारबाजीमा लाग्ने गरेको उनको भनाई छ ।
- गाउँपालिकाको विकासका लागी जोश जाँगरका साथ जुटेका वेला समय समयमा फैलाइएने यस्ता अफवाहरुले आफुलाई निराश तुल्याउने गरेपनि विचलीत भने नभएको र जनताको साथ सहयोगबाट अघि बढीरहेको उनको भनाई छ ।
- उनले यसरी अफवाह फैलाउने ब्यक्ती आफुले पद सम्हाले देखि नै विभिन्न विषयम झुटो आरोप लगाउने गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया