यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २९, २०७९
|
|
६६ पटक हेरिएको
Shares
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन

सारांश

  •     चुनावी प्रचार प्रसारको क्रममा मेची–महाकाली अभियान अन्तरगत उनी मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
  •       जिम्मेवार दलहरुले मुलुकलाई बेरोजगार उत्पादन केन्द्र बनाएको आरोप लगाउँदै उनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे ।
  • अब जनताले नयाँ सोच र सिद्धान्त बोकेको आफ्नो पार्टीलाई साथ दिने उनको दाबी छ ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 

    नेपाली काँग्रेस (विपी) का केन्द्रिय सभापति सुशिलमान शेरचनले लाखौं यूवा रोजगारीका लागि विदेशिनुले मुलुक बेरोजगार उत्पादन केन्द्र बन्दै गएको बताएका छन् । 
    चुनावी प्रचार प्रसारको क्रममा मेची–महाकाली अभियान अन्तरगत उनी मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । 
    जिम्मेवार दलहरुले मुलुकलाई बेरोजगार उत्पादन केन्द्र बनाएको आरोप लगाउँदै उनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे । अब जनताले नयाँ सोच र सिद्धान्त बोकेको आफ्नो पार्टीलाई साथ दिने उनको दाबी छ । 
    पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ ७८ र समानुपातिकतर्फ १ सय ७३ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उतारेको जानकारी दिँदै अत्याधिक स्थानमा बिजयी हुने दाबी गरे । 
    सो अवसरमा पार्टीका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य (समानुपातिक) तर्फकी उम्मेदवार सर्वेश्वरी देवी झा, प्रतिनिधिसभा सदस्य (समानुपातिक) तर्फका उम्मेदवार पार्थो सरकार लगायत स्थानिय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु